logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीमा मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री, गुल्मी असोज २८ ।
गुल्मीमा गएराती मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–२ का २८ वर्षका मोटरसाइकल चालक सुरज हिताङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक महेश्वर उपाध्यायले बताउनु भयो।

लु २६ प ६८३३ नम्बरको मोटरसाइकल मुसिकोट नगरपालिका वडानम्बर–७ वामीटक्सार बजारमा दुर्घटनामा घाइते हिताङको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार २३ बर्षीय रबिन शाहीठकुरी सामान्य घाइते भएको प्रहरी निरिक्षक उपाध्यायले बताउनु भयो ।

यस्तै गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको वडागाउँमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। गएराती जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–२ निवासी ७० वर्षकी जयकला रायमाझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

वडागाउँ स्वास्थ्य चौकीमा उपचार गराएर छोरा शिबबहादुर रायमाझीले बोकेर घर तर्फ लैजाने क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । भिरबाट लडदा छोरा पनि घाइते भएको प्रहरी निरिक्षक उपाध्यायले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend