साझा नेटवर्क
मधुसूदन पाण्डे, गुल्मी असोज २७ ।
आफ्नो जिल्लाको लागि आफ्नो देशको लागि केही गरौं र माया हर कोहीमा हुन्छ । एउटा त्यस्तै सोचले गर्दा विजय बिसिको भिडियो निर्माणमा नमरे बाचेमा यसपालिको दशैं तिहार अर्घाखाँचीमा बोलको दशैं तिहार गीत सार्वजनिक भएको छ ।
जसमा अर्घाखाँचीका विभिन्न ठाउँलाई गीतमा समावेश गरिएको छ । अर्घाखाँचीको धार्मिक तथा ऐतिहासिक कुरालाई गीतमा महत्त्व साथ प्रस्तुत गरिएको छ।यस गीत मार्फत अर्घाखाँचीको महत्त्व र चिनारी प्रष्ट पार्न खोजिएको बुझिन्छ ।
मुना बुढाथोकी र विजय बिसिको आवाज रहेको यस गीतमा लय/शब्द पनि उनिहरुकै रहेको छ । त्यसैगरी अभिनव चौहान, विजय बिसि, माया उप्रेती, दीपा प्रसाई, सीमा भट्टराई, किरण केसी, भावना राना लगायतको अभिनय देख्न सक्नुहुनेछ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend