साझा नेटवर्क
सुजना बर्देवा, काठमाडौं असोज २७ ।
नेपालीहरुको महान चांड बढादशैँ अर्थात बिजय दशमीको अवसरमा काठमाडौंमा आयोजित दशैँ क्विन-२०७८ को बिजेता ब्यबसायी तथा समाजसेवी अन्जु बुढाथोकी बन्न सफल भएकी छिन । त्यसैगरी फर्स्ट रनरअप ब्युटिसियन गीता मगर र सेकेण्ड रनरअपमा ब्युटिसियन सिर्जना कुँवर भएका छन्।
लायन्स क्लब अफ काठमाडौँ अभियान तथा रोज शिप बिकाश तालिम केन्द्र रविभवनको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा बिजेताहरुलाई क्राउन, ट्रफी, मायाको चिनो लगायतका उपहारहरु पाएका थिए।
बरिष्ट सौन्दर्यबिद सोनी कारंजितको सभापतित्वमा सम्पन्न दशैँ क्विन-२०७८ मा अतिथिहरुमा लायन रेश्मा श्रेष्ठ, लायन धानु सिंजाली मगर, गेल्मु शेर्पा बुढाथोकी, हरिकृष्ण गिरि, सुन्दर थापा गीतकार सावित्रा चिलुवाल रहेका थिए।
दशैँ क्विन-२०७८ को निर्णायकमा कोरियोग्राफर तथा संचारकर्मी जयान सुब्बा मानन्धर र निर्देशक कलाकार संचारकर्मी सुर्य चन्दले बिजेताहरु छनौट गरेका थिए।
दशैँको शुभकामाना समेत आदान-प्रदान गरिएको उक्त कार्यक्रममा लायन्स क्लब अफ काठमाडौँ अभियानले छोटो समयमा गरेको राम्रो कार्यको प्रसंसा समेत गरिएको थियो। कार्यक्रमको संचालन गायिका तथा टेलिभिजन प्रस्तोता बिष्णु माया पौडेलले गरेकी थिइन्।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend