साझा नेटवर्क
किरण अधिकारी, गुल्मी असौज २७ ।
घरको काममा मात्र केन्द्रित हुने महिला दिदि बहिनिहरू आजभोलि कृषि तथा पशुपालन व्यवसाय तर्फ आकर्षण हुन् थालेका छन् । घरको काम सँगसगै बाख्रा पालनलाई बृहत रुपमा अगाडि बढाउदै गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडा नं ३ निवासी कमला जिसी व्यवसायिक रुपमै बाख्रा पालन गर्दै आएकी छन् ।
घरको काम सँगसगै पेसा, व्यवसाय गर्न थालेपछि केही समय यता महिलाहरु व्यवसाय गर्न थालेका छन् महिला पनि व्यावसाय बाट आत्मनिर्भर बन्न सक्छन् भन्ने उदाहरण पेस गरेकी छन कमलाले १ वर्ष अघि केहि बाख्राबाट सुरु गरेकी कमला हुन भने अहिले जिसीको २ वटा बाख्राको आधुनिक खोर अहिले बाख्राले भरिभराउ छन ।
उनको दैनीकी अहिले बाख्रा सँगै घाँस, दाना पानीमै बित्ने गरेको छ । भने आगामी दिनमा उनले बाख्रा फोम दर्ता गरेर फोम मार्फत् बाख्रा पालन गर्न योजनामा उनको छ । केही समय अघि गाउँका महिलाहरु जस्तै घरमा दुई चार वटा बाख्रा पालेर थोरै भएपनि घरखर्च चलाउने तरिकाले बाख्रा पालन गरेकी उनी एउटा आट हिम्मतका साथ महीलाले पनि व्यावसाय सञ्चालन गर्न सकिन्छ भन्ने सोचका साथ व्यवसायीक बाख्रा पालनमा लागेको कमला बताउछिन्।
पछिल्लो समय कमला जस्तै धेरै महिलाहरु पनि ठूलाठूला फमहरु सञ्चालन गर्न पनि थालेका छन्। जिसी ले गत वर्ष ५० किलो हारहारिका करिब २० ओटा बोका बेचेकी थिईन उनको त्यो बाख्रा पालनको मेहनत देखेर महिलाले केही गर्न सक्तैनन् भन्ने हाम्रो समाजको मान्यतालाई तोडेकी छन् ।
उनको फाममा ५५ वटा जति माऊ बाख्रा सहित स्थानीय र बोयर जातका बाख्रा छन् । विदेशमा उनका श्रिमान दशकौ देखि काम गर्दै आएका छन केहि गरेर श्रिमान लाई आर्थिक रूपमा साथ दिन सकिन्छ की भन्ने उद्देश्यले व्यवसायिक रूपमा बाख्रा पालन गर्न सुरु गरेको कमला जिसी बताउछिन्।
करिब ६ देखि ८ महिला पालेपछि बोकाहरु बेच्ने लाएका हुन्छन् अहिले उनको बाख्रा फाममा करिब २० वटा जति बोकाहरु बेच्नको निम्ति तयार भएका छन् । बाख्रा फामलाई अझै बिस्तार गरेर बाख्राहरु पनि थप्दै जाने बताइन् । अहिले आम्दानी भन्दा पनि बाख्रा थप्दै फामलाई ठूलो बनाउने लक्ष्य उनको रहेको छ ।
बाख्रा पालन दुखको पेशा हो कठिनाइ र मिहिनेत धेरै भएपनि यो व्यवसायबाट आफु सन्तुष्ट रहेको उनको भनाई छ । घरमा खाली बस्नु भन्दा केहि भएपनि व्यवसाय गरे समय बिताउन नी सजिलो हुने र आम्दानी पनि गर्न सकिने भएकाले व्यवसायिक रुपमै बाख्रा पालन गरेको बताइन् ।
बाख्रा धेरै हुदै जादा घाँस र दानाको कमी हुदोरहेछ बाख्रालाई चाहिने पोसिलो घास र दाना उत्पादन त्यति हुदैन त्यसैले गर्दा घरमा उत्पादित दानाले केहि महिना पुगेपनि प्रायः बजारबाट नै खरिद गर्नुपर्ने बाध्यता छ। बजारबाट दाना धेरै खरिद गर्दा त्यती धेरै ठूलो रकम बचत अहिले नभएको ।
दाना र घास आफ्नै बारीमा उत्पादन गर्नको लागि निरन्तर लागिपरेको पसिलो घास का धेरै बिरूवाहरू बारिमा लगाएका र तिनिहरु हुर्कीन समय लाग्ने भएकाले अहिले अलिकति अप्ठ्यारो भएको उनको भनाइ छ। तरपनि अन्य व्यवसाय भन्दा कृषि व्यवसाय आफै मालिक भइने र ग्राहक कहिले आउला भनेर कुर्न नपर्ने भएकाले पनि कृषि व्यवसाय छनोट गरेको व्यवसायि कमला जिसी बताइन्।
बोकाको मासुको बजार मूल्य राम्रो भएपछि बाख्रा पालन व्यवसायमा कृषक आकर्षित भएको अवस्था छ तर यो पेशाबाट केही कृषकहरू मात्र सफल भएको इतिहास छ ति सफल मध्यकी एक हुन कमला।
गाउँपालिका अध्यक्षका अनुसार कमला जस्ता उर्जाशील महिलाले धेरै महिला दिदि बहिनि तथा व्यवसाय गर्न चाहने पुरुष दाजु भाई हरूको लागि पनि उनी प्रेरणाको श्रोत बनेको र यसरी व्यवसाय गर्न हरूकै कारण इस्मा गाउँपालिका मासुमा आत्मनिर्भर भएको र हालै इस्मा गाउँपालिका भित्र कृषि व्यवसाय गर्नेहरूको परिवेक्षण गर्दा कमला जिसी उत्कृष्ट व्यवसायी बनेर आफुलाई महिला उद्यमी मा उभ्याएको बताए ।
उनको त्यो कर्मलाई गाउँपालिकाले उचित मुल्याङ्कन गरेको अजै गर्दै जाने र अझै विस्तारित रुपमा व्यवसायलाई अगाडी बढाउन निम्ति उत्प्रेरणा समेत दिएका थिए गाउँपालिकाबाट चाहिने कुनैपनि आवश्यक सहयोग सहर्ष रूपमा उपलब्ध गराउने प्रतिबद्धता समेत दिएका छन्।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend