logo
  • आइतबार, असोज ११ २०८३

ठुलाबेसिमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री,प्यूठान असोज २५ ।

 प्यूठानमा अहिले सम्मकै सबैभन्दा धेरै राशीको भलिबल प्रतियोगिता गरिएको छ । ‘कला सस्कृतिमा हामी सबैको एकता, स्वास्थ्यका लागि खेलकुद हाम्रो निरन्तरता’ भन्ने मुल नारालाई आत्मसात गर्दै जिल्लामा अहिले सम्मकै ठूलो राशिमा भलिबल प्रतियोगिता सम्पन्न भएको हो । गौमुखी गाउँपालिका र ठुलाबेसी सामुदायिक मन्चको सहकार्यमा प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर ०५ ठुलाबेसिमा भलिबल प्रतियोगिता सहित विविध सास्कृतिक कार्यक्रम सम्पन्न गरिएको कार्यक्रम संयोजक रबि चन्दले बताए । बिजयदशमीको अबसर पारेर असोज २२,२३ र २४ गते कार्यक्रम गरिएको हो । भलिबल तर्फ पहिलो पुरस्कार एक लाख एक हजार, दोस्रो छैसठ्ठी हजार र तेस्रो पुरस्कार चालिस हजार रहेको थियो । भलिबल प्रतियोगितामा ज्ञानज्योती बोडिङ्ग दाङ प्रथम बनेको छ । मरन्ठाना युवा क्लब मरन्ठाना प्यूठान द्धितिय बनेको छ । त्यस्तै प्रतियोगितमा बिक्रम स्टार युवा क्लब प्यूठान तृतिय र मदाने भलिबल क्लब अग्लुङ्ग सान्त्वता भएका छन् । त्यस्तै कार्यक्रममा विभिन्न प्रतियोगिता र साँस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।साँस्कृतिक कार्यक्रममा लोक दोहोरी गायक रामचन्द्र चन्द, बिक्रम बाबु बिश्वकर्मा, लोक तथा दोहोरी गायक अनिल खत्री, नबिन गाहा, सम्झना रनपाल, बिबश गिरी र बिनोद बिष्टसहित स्थानीय कलाकारले पनि कार्यक्रमलाई भब्य बनाएका थिए । साथै भलिबल खेलमा जम्मा ०९ टिम सहभागी रहेका थिए। सहभागी मध्य कसैले आर्थिक अबस्थाका कारण उच्च शिक्षा हासिल गर्न नसकेको र अध्यन गर्न चाहेको खण्डमा रबि चन्द तथा ठुलाबेसी सामुदायिक मन्चको अनुरोधमा ज्ञानज्वती कलेजले ती ब्यक्ति लाई निशुल्क शिक्षा दिने प्रतिबद्धता सोही कलेजका सह प्राध्यापक मनोज के सि ले बताए ।कार्यक्रमलाई गौमुखी गाउँपालिकाको पनि सहकार्य रहेको थियो । कार्यक्रमको अवसरमा आयोजक समूहले निशुल्क डेण्टल सेवा उपलब्ध गराएका थिए । जसमा १ सय २० जनाले निशुल्क सेवा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend