logo
  • आइतबार, असोज ११ २०८३

बडिगाडकार्यपालिकाको ९७औं बैठक सम्पन्न, चाडपर्वको शुभकामना


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कमल पौडेल, बाग्लुङ असोज २४ ।
बडिगाड गाउँकार्यपालिकाको ९७ औं वैठक तथा शुभकामना आदानप्रदान कार्यक्रम आज गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ।

बैठकले बडिगाड गाउँपालिका भित्र पोषण विशेष कार्यक्रम र पोषण संवेदनशिल कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ। विभिन्न दातृसंस्थाहरुको सहयोगमा सो कार्यक्रम गरिने पालिकाले जनाएको छ। त्यस्तै बैठकले गतवर्षदेखि सुरु भई चालु वर्षको बजेटमा परेका वडा कार्यालय निर्माण लगाएतका भौतिक कार्यहरु तत्कालै सुरु गर्ने, चाडवाडको समयमा कोरोना महामारिबाट वच्न आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्न सवैमा आह्वान गर्ने लगाएत निर्णय गरेको छ।

बैठकमा नजिकिदै गरेका चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको थियो। बैठकमा वडाअध्यक्षहरुले आआफ्ना वडामा भएको समस्या र शिक्षा तथा प्रशासनिक क्षेत्रका कठिनाई र सवालहरु उठाउनु भएको थियो भने प्रमुख प्रशासकिय अधिकृत बालाकृष्ण सुवेदी र शिक्षा अधिकृत प्रकाश बहादुर क्षेत्रीले सहजिकरण गर्नुभएको थियो।

बैठक बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाको अध्यक्षता, उपाध्यक्ष अम्मर बहादुर श्रीसको स्वागत मन्तव्य तथा प्रशासकिय अधिकृत थम्मन रेश्मीको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend