logo
  • शुक्रबार, असोज ९ २०८३

प्रहरी निरिक्षक पाण्डेयको प्रहरी गीत “आँधी हुरी” सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी असोज २३ ।
नेपाल प्रहरीका प्रहरी निरिक्षक भोजराज पाण्डेयको नयाँ गीत सार्बजनिक भएको छ । प्रहरी सम्बन्धी बिभिन्न गतिबिधीलाई समेटेर तयार पारिएको गीत ‘आदी हुरी’ सार्बजनिक भएको छ ।
नेपाल प्रहरीले गरेका कामहरुको बारेमा लेखिएको शब्द भाव सहितको गीतमा नेपाल प्रहरीले समाजमा गर्ने बिभिन्न कामहरुको बारेमा गीत मार्फत जानकारी गराइएको छ । प्रहरीले आदी हुरी प्रचण्ड गर्मी केहि नभनी देश र जनताको लागि काम गर्दछ भन्ने भाव गीतमा राखिएको उक्त गीतका गीतकार भोजराज पाण्डेयले बताए ।

गीतमा स्वर प्रभापत दास, शब्द भोजराज पाण्डेय र संगीत संयोजन प्रमोद परियारको रहेको छ । नेपाल प्रहरी कर्तव्य प्रति निर्भिग र अटल रहेको सन्देश गीतले दिलाएको छ । प्रहरी सेवा मार्फत राष्ट्र सेवामा लागेका पाण्डेले गीत संगीत तर्फ पनि उनको रुची रहेको छ ।

हेरौ गीतको पुरा भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend