logo
  • शुक्रबार, साउन ८ २०८३

कालीगण्डकीमा काङ्ग्रेस परित्याग गरि २१ जना एमाले प्रवेश


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

सज्जन ढकाल,गुल्मी असोज २१ ।

गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ ,जयखानिमा नेपाली काङ्ग्रेसका २१,जना कार्यकर्ता एमाले प्रवेश गरेका छन् । कालीगण्डकी गाउँपालिकाको केन्द्र पूर्तिघाटमा आज सम्पन्न बृहत अगुवा कार्यकर्ता भेला तथा बिजया दशमी सुभदिपावली छठ पर्व नेपाल संम्बतको सुभकामना आदानप्रदान कार्यक्रममा पाटी केन्द्रिय सचीव सांसद तथा पाटी प्रबक्ता प्रदीप ज्ञवालीको हात बाट टीका ग्रहण गर्दै गगन परियार लोक बहादुर काउचा प्रकाश परियार जीवन थापा रमेश थापा मन बहादुर बराल सरस्वती राना जैसरा राना तिलक श्रीस बिक्रम श्रीस बासुदेव श्रीस बुद्धि प्रसाद काउचा योगेस थापा यूवराज थापा पुनम थापा रुद्रमान थापा मनोज श्रीस मदन श्रीस रोमन थापा लगाएत अन्य युवा एमाले प्रवेश गरेका हुन् । कालीगण्डकी गाउँपालिकाको वडा नम्बर ३,जयखानिमा नेपाली काङ्ग्रेसलाई ठूलो झड्का लागेको छ ।

किनकी नेपाली काङ्ग्रेसको राम्रो संगठन संगै पक्कड भएको वडा हो।पछिल्लो समयमा स्थानीय सरकारले समानुपातिक बिकाश भन्दा बिकृती बिसङ्गती अङ्गाल्दै बिकास परिवर्तन समृद्धि उत्पादन र स्वरोजगारमा जोड नदिएकाले पाटी परित्याग गरेको नव प्रबेसीले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend