logo
  • शुक्रबार, साउन ८ २०८३

राइजिंग लाइफ फाउंडेशन द्वारा स्वास्थ्य सामग्री र खानाको ब्यवस्था


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

प्रिन्स मिश्रा,बहादुरगंज कपिलवस्तु ‌।

सेवा नै धर्म हो भन्ने मूल नाराका साथ कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडापखाला संक्रमणकाे विषम परिस्थितिमा खाना , पानी , मास्क, फल लगायत अतिआवश्यक सामग्री बितरण गरिएको छ । झाडापखाला संक्रमणकाे विषम परिस्थितिमा शिवराज अस्पताल बहादुरगंजमा खाना , पानी लगायत अतिआवश्यक सामग्री कमी हुन नदिन उपचाररत बिरामीहरुको लागि स्थानीय राइजिंग लाइफ फाउंडेशन नामक संस्थाले सक्दाे सहयाेग पुर्याउदै आएको संस्थाका संयोजक प्रतिक शुक्लाले जानकारी दिनुभएको छ । आइतबार देखि झाडापखाला संक्रमणकाे विषम परिस्थिति फैलिए देखी हामी बिरामीहरुको सेवा गरीरहेका छौं र गरी रहने छौं संस्थाका अध्यक्ष राज तिवारी र कोषाध्यक्ष नवाज़ शाहले बताएका छन ।संस्थाले , मास्क , खाना ,जीवन जल, पानी लगायतका सामाग्री बिरामीहरुलाई बितरण भईरहेको संस्थाका सचिव देबेश शुक्ल र सोही संस्थाका सल्लाहकार तथा सेंट ज्युडस एकेडमीका प्रधनाध्यपक तफ़्सीर अहमदले जानकारी दिनुभएको छ । आइतबारदेखि फैलिएको महामारीबाट दुई जनाको मृत्यु भएको छ , भने करिब ६० भन्दा बढी बिरामी शिवराज अस्पतालमा उपचाररत रहेको शिवराज अस्पतालका निमेसु डॉ मुकेश चौधरीले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend