logo
  • शुक्रबार, असोज ९ २०८३

एमाले कृष्णनगरद्वारा हैजा प्रभावित बहादुरगंज क्षेत्रको अवलोकन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,कृष्णनगर असोज २२ ।

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका बहादुरगंजमा हैजाका बिरामी बढे सङै नेकपा एमालेका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सह-इन्चार्ज गिरधारिलाल न्यौपाने सहितको एमाले टोलि शिबराज अस्पताल बहादुरगंज पुगेको छ । हैजा ग्रसित क्षेत्र बहादुरगंजमा बिरामी बढे पछि अस्पताल तथा स्वास्थ अवस्थाको जानकारी, र निरीक्षण गर्नको लागि नेकपा एमालेको टोलि त्यहा पुगेको हो । नेता न्यौपाने सहित केन्द्रीय सल्लाहकार इन्द्रमणी पौडेल, पार्टी प्रदेश कमिटी सदस्य शिव प्रसाद जयसवाल, नेकपा एमाले कृष्णनगर नगर कमिटी अध्यक्ष सन्दिप मौर्या सहितको एमाले कृष्णनगर कमिटी अस्पतालको निरीक्षण, तथा बिरामीको स्वास्थ अवस्थाबारे जानकारी लिन त्यहा पुगेको हो । नेकपा एमालेका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका सह-इन्चार्ज गिरधारिलाल न्यौपानेले अस्पतालमा बिरामी व्यवस्थापन गर्नुपर्ने बताउदै दुषित खानेपानी खाएकाले यो असर देखिएको हो र नगरले नगरवासिलाइ शुद्ध खानेपानीको ब्यबस्था गर्न शिबराज अस्पतालका अध्यक्ष तथा कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहलाइ आग्रह समेत गर्नुभयो ।यस्तै नगरप्रमुख शाहलाइ भेटेर उहाले भन्नुभयो ” संकास्पद बिरामीहरुलाइ कोभिड परिक्षण पनि गराउनु पर्छ, स्वास्थमा विशेष ध्यान दिई नगरवासीहरुलाइ सुरक्षीत राख्नुहोस , अस्वस्थ बिरामीप्रती शिघ्र स्वास्थ लाभको कामना ।” यस्तै नेता न्यौपाने सहितको एमाले टिमले स्वास्थ्यकर्मी हरु सङपनि परामर्श गरि नेकपा एमाले कृष्णनगरले गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । शिबराज अस्पतालमा हालसम्म जम्म्मा बिरामी संख्या ४३० रहेका छन भने हाल उपचाररत ८२ जना मात्र रहेका छन । यस्तै अस्पतालले ३४ जना बिरामिलाइ रेफर गरिसकेको छ ।

हाल सम्म झाडापखालाबाट निको भइ डिस्चार्ज हुनेको जम्मा डिस्चार्ज संख्या ३१४ रहेको शिबराज अस्पताल बहादुरगंजले जानकारी दिएको छ । झाडापखालाबाट हालसम्म जम्मा २ जनाको मात्र मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend