साझा नेटवर्क
-किरण अधिकारी।
परम्परागत रूपमा आरनको काम गर्दै आएका हरूको भिडमा अलग्गै किसिमले आरनलाई व्यवसायिक रुपमा सन्चालन गर्दै आएका गुल्मी जिल्ला इस्मा गाउँपालिका वडा नं ५ डाडि पोखरी निवासी थम्मन सुनार उमेरले भर्खरै ५७ को हाराहारीमा पुगेका छन उनी भुपु नेपाली आर्मी हुन । २०४९ सालमा भर्ती भै २०६७ सालमा अवकाश लिएपछि निरन्तर रूपमा आरन व्यवसायमा संलग्न हुदै आएका छन। इस्मा मैदानमा जग्गा लिजमा लिएर आरन लाई व्यवसायीक रूपमा अगाडि बढाएका छन। पहिला डाडी पोखरी स्थित आफ्नै घरमा सुरूवात गरेका थिए।
घरायासी काममा प्रयोग हुने हुने सम्पूर्ण किसिमका हात हतियार बनाउँछन् । ताउला, कुडे, पानी शुद्ध बनाउने फिल्टर, सिरुपाते खुकुरी, हसिया कोदालो बन्चरो खुर्पा खुकुरी खुणा लगायतका हतियार बनाउनु का साथै मर्मत पनि गर्दछन । साथै अडर बमोजिम हतियार तयार गर्दछन् भने बनाएका हतियार फुटकर तथा होलसेल मा पनि बेच्ने उनी बताउँछन्। धेरै जसो त दशैं रागा पाठा काट्न प्रयोग हुने ठुलो खुर्पा र खुणा बनाउछन् भने एउटा लाई नेपाली रूपैयाँ ५/७ हजार सम्म पर्ने र माग धेरै छ देशका विभिन्न ठाउँमा आफुले बनाएका औजारहरू निर्यात गरेको थम्मन बताउँछन्।
दुख धेरै छ उत्पादित सामानको माग बढ्दो छ र यो पेशा अंगाल्न खोज्ने हरूको सख्या घट्दो छ। त्यसैले आफु रिटायर्ड भएपछि पनि यो आरन व्यवसायमा लाई संरक्षण गर्न र यसमा युवा पुस्ताको मोह बढाउनको निमित्त आफु लागिरहेको आफुले जानेको सिप र कलालाई अरू ले पनि सिकेर पुस्ता हस्तान्तरण गर्न सकियो भने पेशा लोप भएर जाने थिएन। अहिले का युवा पुस्ताहरु यो काम प्रती त्यति ईच्छुक नभएको देख्दा बाबु बाजेले गर्दै आएको कर्म कतै हराएर जाने त होइन कता कता मनमा आशंका रहेको उनले बताउँछन्।
२०/३० हजार कमाउन विदेशीने युवा ले केहि सिकुन् भनेर आफूले यसलाई अझ नयाँ ढंगबाट अगाडि बढाएको र विदेशी भुमिमा रगत पसिना बगाउनु साटो आफ्नै देशमा केही कर्म गर्नु पर्छ भन्ने मान्यता रहेको र राम्रो संग काम आफ्नै देशमा गर्न हो भनेदेखि महिलामा ३० हजार कमाउन कतै पनि जानुपर्ने आवश्यकता छैन । तर धेरै जसो युवा पुस्तामा त्यस्तो किसिमको सोचाइ नभएको खाली जो पनि विदेश मात्र जान खोज्दा गाउँघर नै शुन्य हुने दुखदायी अवस्था आएको उनले भन्छन। युवा वर्गहरु आफ्नो गाउँ ठाउँमै केही गरेर आफ्नै गाउँ को उन्नति र प्रगतिका लाग्ने किसिमको सोचाइ जबसम्म युवा पुस्तामा आउँदैन तबसम्म यो राजनीति परिवर्तन बाट मात्र केही नहुने थम्मनको भनाई छ।
आफुले गरेको काम अरूलाई सिकाउन लालाहित छु म फिरिमा काम सिकाउँछु भन्दापनि सिक्न आउने कोही पनि छैनन् उनले भन्छन । नि शुल्क तालिम दिने भनेर रेडियो पत्रपत्रिकामा विज्ञापन छपाएर एउटा आह्वान चलाउने मन छ उनले भन्छन। समाज जति परिवर्तनशील हुदै गएपनि त्यही अनुपातमा आरन मा काम गरेर जिविकोपार्जन गर्नेहरुको दैनिकीमा खासै परिवर्तन हुन सकेन त्यसैले गर्दा पनि यो पेशामा लाग्न त्यति धेरै उत्साहित हुदैनन्।
थम्मन आर्मीमा हुँदा आरन सम्बन्धी काम सिकेका थिए जागिर गर्दा सिकेको सीपलाई जागिर मा नहुँदा त्यही सिपलाई परिचालन गरी राम्रो आम्दानी गरिरहेका छन, आरन पेशाका थम्मन एक उदाहरणीय पात्र हुन धेरै जसोले अझै पुरानै शैलीमा काम गर्दै आएका छन भने उनी आधुनिक तरिकाले काम गरिरहेका छन् । आरनमा प्रयोग हुने आधुनिक किसिमका मेशिनहरू मार्फत काम गर्दै छन । फलाम काट्ने देखि फलाम बन्गाउने (अटो हेम्मर) ग्यालेन्डर, वालडिन मेसिन, हावा फाल्ने मेशिन, सबै काम बिजुली जडान गरी गरिरहेका छन। आधुनिक औजार मार्फत काम छिटो सजिलो र छरितो तरिकाले काम गर्दछन।
हसिलो मुहार का साथ दैनिक मा लागेपनि उनलाई एउटै चिन्ता नै सताइरहन्छ, महिले गरेको कर्म पछि कस्ले गर्ने होला भनेर, उनका छोराहरू भएपनि कोही आर्मी कोही विदेशमा छन राम्रो पैसा कमाए पनि थम्मन सुनार को चाहना एउटा छोराले भएपनि आफुले गरेको पेशा लाई संम्हालेर अगाडि बढाए हुने भन्ने छ। आरन व्यवसायबाट पनि राम्रो आम्दानी छ, यो पेसालाई कसैले चिन्न सकिराखेको अवस्था छैन। पहिला जस्ता जमाना छैनन् उनले भने कोही आरन सम्बन्धी काम सिक्न चाहने कोहि इच्छुक भए आफुले नि शुल्क सिकाउँछु उनले भन्छन।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend