logo
  • शुक्रबार, साउन ८ २०८३

बडिगाडको खर्वाङमा पहिलो पटक रक्तदान, ६३ युनिट रगत संकलन


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

कमल पौडेल, बाग्लुङ्ग असोज १६ ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा खर्वाङ, रिभरहिल युवा क्लव खर्वाङको आयोजना, आधारभूत स्वास्थ्य इकाइ खर्वाङको सहआयोजना तथा नेपाल रेडक्रस सोसाइटी बागलुङ रक्त सञ्चार सेवा र क्षेत्रिय रक्त सञ्चार सेवा कास्कि पोखराको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम खर्वाङमा सम्पन्न भएको छ।
जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा ६३ जनाले ६३ युनिट रगत दान गरेको आयोजकले जनाएको छ। कार्यक्रममा क्षेत्रिय रक्त सञ्चार सेवा पोखराका प्रमुख अर्जुन ज्ञवाली नेतृत्वको ५ सदस्यिय टोलीले रगत संकलन गरेको थियो। सो रक्तदानको उद्घाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागलुङका अध्यक्ष जब्बर बहादुर लामिछानेले मानविय सेवामा रेडक्रस निरन्तर लागिरहेको भन्दै रक्त सेवामा जोडिएर निरन्तर ज्यान बचाउँदै आएको बताउनु भएको छ।

कार्यक्रममा बडिगाड गाउँपालिकाका उपाध्यक्ष अम्मर बहादुर श्रीसले रक्तदान जस्तो पुण्य कार्यमा जोडिने सवै प्रति धन्यवाद व्यक्त गर्दै पुण्यका कार्यमा बडिगाड गाउँपालिकाको आवश्यक सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

क्षेत्रिय रक्तसञ्चार सेवा पोखराका प्रमुख अर्जुन ज्ञवालीले आफुले सहयोग गरेको रगतले कसैको जिवन बाँचिरहँदा हुने आनन्द अन्य कुनै कार्यबाट प्राप्त नहुने बताउनु भयो। ज्ञवालीले रक्तदान गर्नु जिवन नै दान गर्नुसरह भएको भन्दै सामाजिक अज्ञानता र भ्रमका कारण मानिसहरु रक्तदान गर्नवाट छुटिरहेको बताउनु भएको छ।

कार्यक्रममा बडिगाड गाउँपालिका वडा नं. २ का अध्यक्ष ढाल प्रसाद शेरचन लगाएत वडा भित्र रहेका अधिकांश सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको सहभागिता रहेको थियो।

सो कार्यक्रम नेपाल रेडक्रस सोसाइटि उपशाखा खर्वाङका सभापति होमनाथ अर्यालको अध्यक्षता, रिभरहिल युवा क्लव खर्वाङका अध्यक्ष हितमान शेरचनको स्वागत मन्तव्य तथा सचिव जिव वहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend