साझा नेटवर्क
-सज्जन ढकाल ।
पछिल्लो समयमा गाउँघरबाट तराई बसाईसराई गर्ने परिपाटी निकै बढ्दो रुपमा झाङ्गिदै गएको छ । जस्ले गर्दा गाउँ घर सुन सान जस्तै बनेका छन् । गाउँमा केही बस्ती उजाड बन्दै बनमाराको झाडिमा परिणत हुँदै गरेका उधारण पहाडि समुदायका लागि केही नौलो र अचम्मको विषय पनि रहेन ।
प्राय जसो आर्थिक पाटो बलियो गराउँदै तराई झरे कतिपय हावाको तालमा श्रीमान् को खाडी मुलुकको भिजा लाग्न साथ केटाकेटी पढाउने निहुँमा बुहारि सबै तराई झर्दै छन् किनकी शुख सयल सेवा सुबिधा बजारको गुणस्तर अहिले गाउँ संग तुलनागरिदै छ । यो भिन्नताको विषय पनि हो । आखिर तराई झर्नको कारण के हो ? शहरीया बुहारिलाई प्रश्न गर्ने समय आएको छ ।
गाउँ आफैमा सुन्दर हराबरा भएको प्रकृतिले बरदान दिएको उपहार हो। अनेकतामा बिबिधता भएको सप्तरङ्गि इन्द्रेणीको किरणमा देखिने छाँयाँको प्रतिबिम्बले स्वर्गको आभाष दिलाएको हुन्छ । तर आज गाउँमा न युवा छन् न बुहारीनै सबै बुढा बुढी मात्र घरमा गाई गोरु केही छैनन् भए बाख्रा होलान् मान्छेको मृत्यु पश्चात् घाट सम्म पुर्याउन पनि मुस्किल पर्ने परिवेशको सृजना नभएको होईन ।
किनकी गाउँका अधिकांस युवा देस भन्दा बाहिर कि शहर तिरै आफ्नो सुरक्षित अवतरण संगै भबिष्य खोजी रहेका छन् । छोरा परिवारको खुशिको लागि खाडिमा पसिना बगाउँदै छ। बुहारी केटाकेटी पढाउने बहानामा शहरमा छे । गाउँमा बुढा भएका आमा बुवा जनतन पाखो बारि पखेराको माँयाँले गर्दा अडिएकै छन् । जसो तसो बुढेसकालमा पाखुरो बजार्दै खेत बारिमा कोदो मकै र धान रोप्दै छाक टार्ने जोहो गरिरहेका छन् ।
खाडिको छोराको कमाई बुहारि संगै छोरा छोरी पाल्दै शहरमा ठिक्क छ। नेपाल सरकारले प्रदान गर्ने वृद्ध भत्ता बाट आमा बुवाले चलाएको घर खर्चको रोदन बाट छोरालाई बन्चित बुहारीले गराएकि हुन्छिन् किनकी शहरमा खर्च गर्न गएकी हुन र शहरको बसाई हजारौं मासिक भाडा तिर्नु पर्छ । उनको दिन चर्या सामाजिक संजालमै बितेको छ।
फेसबुक, ईमो, भाईबर, युट्युब,टिकटकमै ध्यान छ । केटाकेटी जब स्कुल हिँड्छन् उनको स्वतन्त्रता तब सुरु हुन्छ । किनकी उनी आधुनिक समयकी बुहारी हुन् शहरमा बस्ने सौभाग्य पाएकी छिन् । जब सहरको बसाई लम्बिदै बर्सौं पुग्छ उनले आफ्नो धरातल चटक्कै बिर्सेकी हुन्छिन् ।
उकालो ,ओरालो,गाई ,गोरु ,भैंसिको गोबर,उनलाई दुर्गन्धित हुन्छ। किनकी हातका औंला भरी लामा लामा नङ , हात खुट्टाका नङमा रातो पोलिस मेहेन्दी संगै हात सजिनुका साथै आँखाका आँखी भौंमा थ्रेडिङ ब्युटिपार्लरमा कपाल आईरन गरि खैरो कलर गरेकी कपाल खुल्ला छोडेर हिड्ने बोलिमा परिवर्तन हुँदै पहिला लुङ्गी लगाएर हिड्ने पाइन्ट लगाउँदै सुन्दर भएकि हुन्छिन् । यो सबै समयको माग र देश अनुसारको भेष पनि हुन सक्छ ।
फोनमा भन्न थाल्छिन् खाडिको श्रीमानलाई तिम्रा बुवा आमा गाउँले त हुन सासू ससुरा केही जान्दैनन् रोगी, फोहरी पनि छन् कति घिन लाग्दा । उपचार गर्न यहीँ आउँदै छन् म संगै राख्न सक्दिन घिन लाग्छ । छोरालाई गाई र गङ्गा कस्लाई पुज्ने भने जस्तो अफ्ट्यारो आई लाग्छ ।
बुहारिले बेला बेला गाउँघर बाट आटो पिठो कोदो मकै फर्सी गिठा रिठा भ्याकुर पिँडालु आलु भट्टमास सबै अर्गानिक भन्दै शहर तिर लाने गर्छिन् त्यो कस्ले फलायो उही गाउँले फोहरि बुढा बुढिले त्यो केहि हेक्का हुँदैन सायद गाउँबाट लैजान अब गाई भैंसी र बाख्राको मल बाँकी होला सबै चिज सकियो ।
शहर बाट गाउँ फर्किदा सायद सबै दुई किलो स्याउमै सिमित हुन्छन् किनकी शहरमा सबै किन्न पर्छ । महङ्गी छ।पहाडको अर्गानिक दु:ख आकाश बाट वर्षा भएको आटोपिठो मकै कोदो र फर्सी सम्झने गर्छन् ! तर बुढेसकालमा बुढा बुढिले गरेको दु:ख देख्न सक्ने दुर दृष्टि बुहारिमा शून्य नै छ । छोराको कमाई आमा बुवाले सुको पनि देख्दैनन् महिना नबित्दै बुहारिको बैंक खातामा आईपुग्छ ।
बेला बेलामा टिकटक भिडियो अपलोड गर्नकै लागी नयाँ नयाँ स्थानमा स्कुटिमा सवार बुहारी आधुनिक भएकि छिन् । गाउँको माटो र मायाँ रती भर देखिदैन मायाँ त छ स्वार्थी भने जस्तो अर्गानिक रिठा गिठा आलु भ्याकुर कोदोको पिठो र आटोको मात्र छ ।
खाडिमा पसिना बगाउने दाई भाउजुलाई अब समयमै लगाम लगाईदेउ हैन भने घर न घाटको हुने छौ। भन्दा दाई झनक्क गर्दै भन्न थाले आमा समान भाउजू माथी सङ्खाको नजर नगर भन्दै उल्टो हप्काउछन् सबै आमा समान भाउजुको नियत खराब हुँदैन दोष लगाउन खोजेको पनि होईन तर कतिपय अर्कै सङ्ग टाप कसेका उधारण र परपुरुषको सवारिमा सवार गर्दै हिडेको हामी माझ भेटिएकाले सचेत गराउन खोजेको मात्र हो । तर यहाँ आफू नै शत्रु बन्न पुगियो वास्तविक कुरा नपच्ने रहेछ ।
हाम्रो समाज यस्तै बिकृती बाट अछुतो रहन सकेको छैन । छोरा छोरी पढाउन शहर बसेकी बुहारी गाउँ फर्किने आधार भनेको बर्सौ पछि हुने कुल पुजा र नेपालीको महान पर्व दसैं नै हो । यस समयमा आफू भन्दा मान्यजनको हात बाट टीका र आशिर्वाद ग्रहणको लागी सबै जसो गाउँमानै जम्मा हुने गर्छन् । सो अवधिमा बुढी सासु आमाले जसो तसो कालो कसौंडीमा गाउँको आर्गानिक आटो दाउरामा पकाउने गर्नु हुन्छ ।
अगेनोमा आगो बल्दैन दाउरा झरिले रुझी चिसा भएका हुन्छन् बासको ढुंग्रोले आगो फुक्दा खरानिको धुलो उडि फोहर हुने गर्दछ । सासुले घ्यार घ्यार आवाजमा खोक्दै फोहर कपडा काला हातले पनेउँ समाती आटो चलाएको जब बुहारिले देख्छिन् तब फोहरको सङ्केतमा नाक खुम्च्याउन सुरु हुन्छ।
सासू आमा अगेनो पो फोहरी भयो पकाएको आटो अर्गानिक कति मीठो भन्दै दुई थाल बजाईदिन्छिन सकभर त्यो कालो कसौंडी मैले माझ्न नपरोस भन्ने उनको भित्री योजना हुन्छ । किनकी हातभरी लामा लामा नङ पाली पोलिस लगाएकी हुन्छिन् तर हाम्रो संस्कार र रितिरिवाजले उनलाई कालो कसौंडी माझ्नको लागी अान्तरिक दवाब दिएको हुन्छ ।
माझ्नु पर्ने बाध्यता टडकारो देखिन्छ । तब बुहारिलाई १०२ डिग्रीको ज्वरो आउन थाल्छ । हातमा प्लास्टिक लगाई कालो कसौंडी माझ्न थाल्छिन् किनकी उनलाई नङ भाँचिने र हात कालो हुने चिन्ता बढी हुन्छ । त्यो छिमेकिले देख्छन् र चर्चाको विषय बन्छ ।
जमना के भयो समय कस्तो आयो चौतर्फी प्लास्टिक लगाएर भाँडा माजेको कुराले प्रसय पाँउछ । कालो कसौंडी र आर्गानिक आटोले बुहारीलाई गाउँ बसाईको अवधी कम गराई दिएको हुन्छ । चाड पर्वको रौनक सकिएको केही दिनमै शहर झर्न बसको अग्रिम टिकट बुकिङ गरेकी हुन्छिन केटाकेटिको पढाई छुट्यो बहाना भैहाल्यो तर मुख्य कारण अर्गानिक आटो पकाएको कालो कसौंडी माझ्नु पर्ने बाध्यता र टिकटकमा भिडियो अपलोड गर्न र लाईब बस्न नपाउने ब्युटी मेनटेन नहुनु नै मुख्य हो ।
गाउँको आटो पिठो मकै आलु पिँडालु गिठा रिठा भ्याकुर फर्सी सबै अर्गानिक रे कालो कसौंडी अर्गानिक बन्न सकेन अब हामी पनि सचेत हुनु पर्ने समय आएको छ । अब गाउँका बुढा आमा बुवालाई अर्गानिक होईन आधुनिक बनाउनुपर्ने देखिन्छ । होईनभने आफ्नै बुहारीबाट अपेहलित हुँदै तिरस्कृत बन्नु पर्ने दोबाटोको निर्माण अवधीलाई अन्त्य र अर्गानिक सबै खानेकुरा माथी नियन्त्रण गर्नु पर्ने देखिन्छ ।
शहर पसेको केही बर्सैमा बुहारीले आफ्नो धरातल बिर्सने परिपाटीको अन्त्य हुनु आवस्यक देखिन्छ । हाम्रो समाजको गलत परम्परा तोड्नु स्वभाबिक हो। यस्मा कुनै आपत्ति छैन । तर बुढा आमा बुवालाई आफ्नो असल संस्कार भित्र अपहेलना गर्नु राम्रो कार्य होईन गलत नियती भएका सबै बुहारी सच्चिनु पर्ने देखिन्छ ।
यो समाजको यथार्थ परक विषयबस्तु हो। कसैको वास्तविक जीवन संग मेल खाएमा संयोग मात्र हुने छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend