साझा नेटवर्क
अनिल खत्री
१४ असोज, गुल्मी ।
बुधबार राती गुुल्मी जिल्लामा चट्याङ लागेर ९ जना घाईते भएका छन् । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–३ को तोरीपाटा भन्ने स्थानमा चट्याङले लागेर एकैटोलका ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
चट्याङले लागेर घाइते ९ जनामध्ये १ जनाको पाल्पामा र २ जनाको गुल्मी अस्पतालमा र ६ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । चट्याङले लागेर घाइते १९ वर्षकी रिता नेपालीलाई थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।
२२ वर्षकी गिता नेपाली, ५० वर्षका झके नेपालीको गुल्मी अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते २४ वर्षकी बालिक नेपाली, २८ की लक्ष्मी नेपाली, १९ की लक्ष्मी नेपाली, २२ वर्षकी सिता नेपाली, ३२ वर्षकी पार्वती नेपाली, २९ वर्षकी जल्पा नेपालीको स्थानीय स्वस्थ्य संस्थामा उपचार गरिएको प्रहरीले जनाएको छ ।
चट्याङले लागेर तेजबहादुर नेपालीको एउटा गोरु मरेको छ
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend