logo
  • आइतबार, असोज ११ २०८३

रेसुङ्गा र मदाने क्षेत्रमा विश्वव्यापी लोपोन्मुख गिद्द सहित ३०५ प्रजातिका चराहरु


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री
१२ असोज, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा मदाने वन संरक्षण क्षेत्रमा पाइने चराहरुको पुस्तक बिमोचन गरिएको छ । चरा सम्बन्धी अध्ययन गरिरहेको नेपाल पंक्षी संरक्षण संघ जिविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रम गुल्मीले तयार गरेको रेसुङ्गा मदाने वन संरक्षण क्षेत्रमा पाइने चराहरुको पुस्तक बिमोचन गरिएको हो ।
जिल्ला सदरमुकाम तम्घासमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले पुस्तकको बिमोचन गरेका हुन् । पुस्तक बिमोचन गर्दै समन्वय प्रमुख पराजुलीले नेपाल पंक्षी संरक्षण संघ गुल्मी रेसुङ्गा र मदानेमा चरा सम्बन्धी गरेको अध्ययन प्रशंसनीय रहेको बताए ।


उनले चरासम्बन्धी अध्ययन गर्ने क्रममा स्थानीय सरकारसँग समन्वय गरेर अरु धेरै काम गर्न सकिने उल्लेख गरे । पंक्षी संरक्षण गुल्मीले जिल्लाको रेसुङ्गा क्षेत्र र मदाने वन क्षेत्रमा चरा सम्बन्धी अध्ययन गर्दै आएको छ ।रेसुङ्गा क्षेत्र रेसुङ्गा नगरपालिका र गुल्मीदवार गाउँपालिका स्थानीय तहसँग जोडिएको छ । मदाने क्षेत्र मदाने गाउँपालिका र मालिका गाउँपालिका स्थानीय तहसँग जोडिएको क्षेत्र रहेको छ ।

पुस्तक बिमोचन कार्यक्रममा ती स्थानीय तहका प्रमुखहरुको पनि सहभागिता रहेको थियो । पुस्तक बिमोचनमा ती स्थानीय तहका प्रमुखहरुले पंक्षी संरक्षण संघ गुल्मीले चरा सम्बन्धी अध्ययन गरेपनि संरक्षणको आबश्यकता रहेको बताएका थिए ।नेपाल पंक्षी संरक्षण संघ जीविकोपार्जन तगा संरक्षण समायोजन कार्यक्रमले गुल्मीका दुर्लभ चराहरुको खोजीगरी वन क्षेत्रसँग जोडिएका स्थानीय वासीहरुलाई वन जंगलको संरक्षण र संवद्र्धनसँगै जीविकोपार्जनका लागि महत्वपूर्ण काम गरेको भन्दै जिल्लालाई पर्यटनको रुपमा विकास गर्न सकिनेमा जनप्रतिनिधिहरुले जोड दिएका थिए ।

उनिहरुले रेसुङ्गा र मदानेमा नेपालकै लोपोउन्मुख प्रजातीका चराहरु फेला परेता पनि त्यसको संरक्षणमा सबैपक्षको सहयोगको खाचो रहेको उल्लेख गरेका थिए । पुस्तक बिमोचन कार्यक्रममा नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले रेसुङ्गा र मदाने क्षेत्रमा पाइने चराहरुको पछिल्लो अवस्थाको बारेमा जानकारी गराएका थिए ।


जिल्लाको रेसुङ्गा र मदानेमा नेपालमा पाइने नेपालमा पाइने ८ सय ८६ प्रजातिका चरामध्ये ३५ प्रतिशत रहेको तथ्य फेला परेको छ । रेसुङ्गा क्षेत्रमा २५३ वटा र मदाने वन संरक्षित क्षेत्रमा २६४ वटा प्रजातीका चराहरु फेला परेको पन्थीले बताए । रेसुङ्गा र मदाने क्षेत्रमा विश्वकै दुर्लभ चराहरु चीर, रणमत्त महाचील, सेतो गिद्ध, सुन गिद्ध, गोमायु महाचील, डंगर गिद्ध रहेका छन् । दुर्लभ चरा भेटिएपनि बासस्थानमा दपरिर्वतन, बिद्युतीकरण, चोरी शिकारी, वन डढेलो, बिजुलीका पोलहरु, बढ्दो रासायनिक पर्दाथको प्रयोग र दूरसंचार आवृत्ति जस्ता चुनौती रहेको पन्थीले बताए ।

रेसुङ्गा वन संरक्षण क्षेत्रको जंगल क्षेत्र ७ हजार ९०३ हेक्टर रहेको छ । त्यस्तै मदाने वन संरक्षण क्षेत्रमा ५ हजार ७२१ हेक्टर क्षेत्रफल रहेको छ ।यी क्षेत्रमा विश्वव्यापी रुपमा लोपोन्मुख गिद्दको बासस्थान रहेको पाइएको छ । नेपालमा मात्र पाइने रैथाने चरा काँडे भ्याकुर लगायत चराहरु भेटिएको तथ्याङ्कमा उल्लेख रहेको छ ।

पंक्षी संरक्षण संघले डिभिजन वन कार्यालय गुल्मीको सहकार्य गर्दै रेसुङ्गा नगरपालिकाको पराल्मी र भाडागाउँ गुल्मी दरवारको बलीथुम र जुभुङ्गमा र मालिका गाउँपालिकाकको अर्खाबाङ्ग र ह्वाङदीमा दुर्लभ चराहरुको खोजीगरी वन क्षेत्रसँग जोडिएका स्थानीयवासीहरुलाई वन जंगलको संरक्षण र संवद्र्धनसँगै जीवकिोपार्जनका लागि महत्वपूर्ण काम गर्दै आएको छ ।

पुस्तक विमोचक कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुली, रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसाल, उपप्रमुख सिता भण्डारी, मदाने गाउँपालिका प्रमुख दानबहादुर केसी गुल्मीदरवार गाउँपालिका प्रमुख मिना भण्डारी, मालिकागाउँपालिका उपप्रमुख देवा अर्याल, जिल्ला समन्वय अधिकारी बिजय कार्की, डिभिजन वन कार्यालय गुल्मीका कार्यालय प्रमुख प्रभात सापकोटा लगायतको सहभागिता रहेको थियो । नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत शम्भु भट्टराईले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend