logo
  • शुक्रबार, असोज ९ २०८३

सर्जक हुम गैरेको लय शब्दमा भाईरल गायक अलिफ खानको दशै गीत बजारमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

देवेन्द्र के.सी, १२ असोज ।
चर्चित सर्जक हुम गैरेको लय तथा शब्द संकलनमा बिशाल मुभिज मार्फत मार्मिक दशै गीत बर्बर आँशु बजारमा आएको छ ।बरिष्ठ लोक गायक ईन्द्र जि।सी।

पछिल्लो समयका भाईरल मुस्लिम गायक अलिफ खान,गायक सर्जक हुम गैरे,लाईभ दोहोरी की रानी दिपिका बयम्बु,गायिका कमला बि.शी.,गायिका गीता सेञ्चुरीको स्वरमा रहेको गीतमा पछिल्लो समय गीत संगीतको बजारमा चर्चामा रहेका मोडलहरु आयुष्मा कार्की,धिरज खत्री बबिन ठकुरी,रमा ठकुरी,सागर चौहान,मञ्जिला बुढाथोकी लगायतकोजीवन्त अभिनय रहेको छ ।

रोजगारीको शीलशीलामा खाडी मुलुक पुगेका नेपाली दाजु भाईले दशैमा घर आउन नपाउँदाको दर्दनाक पिडा गीतको कथा बस्तु रहेको छ । गायक सर्जक हुम गैरे कै निर्देशन तथा सम्पादन रहेको गीतलाई पछिल्लो समयका ब्यस्त क्यामेरामेन राम के।सी।ले खिचेका हुन् । काठमाण्डौ र फर्पिङ आसपासमा छायाकंन गरीयको यो गीतले छोटो समय मै सबैको मन जित्ने बिश्वास गरीएको छ । लोक संगीतका चर्चित हस्तीहरुको आवाजमा रहेको दशै बिशेष गीत बर्बर आँशु लाई सफल्ताको अग्रीम शुभकामना !

गीत हेर्न तलको भिडियोमा क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend