logo
  • शुक्रबार, साउन ८ २०८३

एक ऐतिहासिक कार्यक्रममा लेखक जयसवाल सम्मानित


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

ज्ञानेश्वर उपाध्याय, बुटवल असोज ११ ।
लुम्बिनी प्रदेशका पहिलो भोजपुरी लेखक तथा भोजपुरी साहित्यकार एवम भोजपुरी भाषाका अभियन्ता शिवनन्दन जयसवाल सम्मानित भएका छ्न । सोमवार एक कार्यक्रमका बीच गैडहवा गाउपालिकाले लुम्बिनी प्रदेश मै पहिलो पटक “हमार भाषा” भन्ने पुस्तकको बिमोचन गरेको कार्यक्रममा सो पुस्तकका लेखक समेत रहेका अभियन्ता जयसवाललाई सम्मान गरेको हो ।
लेखक जयसवालाई लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादव, गैडहवा गाउपालिका अध्यक्ष बच्चुलाल केवट, प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी गौतम, लगाएतले खादाँ र प्रमाणपत्रले सम्मान गरेका हुन् ।
उनी सँगै भिन्सहरा सामाजिक संस्था कि अध्यक्ष परमशिला जयसवाललाई पनि सम्मानित गरिएको हो । उक्त ऐतिहासिक कार्यक्रमले भोजपुरी भाषाको संरक्षण तथा उत्थान हुने बिश्वासका साथ गरिएको उक्त पुस्तकको बिमोचन भइ अब यही शैक्षिक सत्रमा कक्षा १ को पाठ्यक्रममा समावेश गरि अध्यापन समेत गरिने योजनाका साथ यो कार्यक्रम गरिएको हो ।
उक्त कार्यक्रममा गैडहवा गाउपालिका अन्तर्गतका सबै प्रधानाध्यापक, सम्पुर्ण कर्मचारी, पत्रकार, समाजसेवी, सुरक्षाकर्मी लगायत लगभग एकसय जना स्थानीय भोजपुरी भाषाभाषीहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend