logo
  • शनिबार, भाद्र २० २०८३

मध्यपुर्वमा एनआरएनए किन र कस्का लागि ?


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

-राजु डुम्रे ।
सन् २००३ देखि मध्यपुर्वमा एनआरएनए सस्थाले नेपालीका लागि नेपाली भन्ने मुल नारा प्रयोग गर्दैगर्दा लाखौ श्रमिक कार्यरत मुलुक मध्य पुर्बमा अभियानले छिटै लोकप्रियता हासिल गर्यो र मध्य पुर्बमा अहिले हरेक एनसिसिमा हजारौं पार्षद रहेको देखिन्छ भने कतारमा मात्रै यो वर्ष दसहजार भन्दा माथि पार्षद रहेको एनसिसिले बताउने गरेका छन ।

यो श्रमिक गन्तव्य मुलुकमा एनआरएनएको सस्थागत भबिष्य सुखद रहेको भन्ने बुझाउछन हरेक पटकको अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधि पनि मध्यपुर्वबाट मात्रै एक हजार वरिपरि रहने गरेको अनुमान गर्न सकिन्छ मध्यपुर्व  निर्णायक भुमिकामा छ भन्ने बिगतले देखाउदै आएको छ ।

यो अर्थमा करोडौं रुपैया लेबि आइसिसिमा जम्मा हुँदै आएको अनुमान गर्न सकिन्छ ती करोडौं रुपैया मध्यपुर्वमा कार्यरत श्रमिकका लागि सदुपयोग भए या भएन अभियान्ताहरुले लेखाजोखा गर्ने दिन आएको छ ।

मध्यपुर्वले आइसिसिको नेतृत्व अहिलेसम्म लिन सकेको छैन अहिलेसम्म उपाध्यक्ष पद सम्म लिएको छ दसौं महाधिवेशन वरिपरि पनि उपाध्यक्ष पदका दाबेदार हरु देखिदैछन एक हजार भन्दा बढी सम्म अन्तर्राष्ट्रिय प्रतिनिधि रहने मध्यपुर्वले मुख्य नेतृत्व नै पनि दाबी गर्न सक्छन भन्ने बिगतका नजिर पनि छ ।

आगामी दिनमा मध्यपुर्वले नेतृत्व दाबी गरे के युरोप अमेरिकाले स्वीकार गर्लान बिगत तिर फर्केर हेर्दा मुख्य नेतृत्व स्वीकार गरेको देखिदैन मध्यपुर्बमा रहेका अभियान्ताहरु पनि श्रम र सिपले सु-सज्जित छन आगामी दिनमा मध्यपुर्व र एनआरएनएको सम्बन्ध कस्तो रहला त्यो भने हेर्न बाकी छ ।

यदि मुख्य नेतृत्वमा दाबी पेश हुन्छ भने नेपालीका लागि नेपाली भन्ने मुख्य नारा लाई स्वीकार गर्ने हो भने मध्यपुर्वलाई नेतृत्व हस्तान्तरण गरेर युरोप अमेरिकाले नारालाई सार्थक बनाउनु पर्छ ।

अर्को महत्त्वपूर्ण बिषय एनआरएनए सामाजिक सस्था हो भने समाजिक सस्था नै रहन दिनुपर्छ एनआरएनएको बिषयलाई लिएर बैचारिक सगठनले सामाजिक सहकार्य गर्न तयार हुदाहुदै एनआरएनए भित्र खेल्न खोज्दै गर्दा बैचारिक सगठनमा आबद्ध नेतृत्व पक्ती र कार्यकर्ता सचेत रहनु पर्ने देखिन्छ ।

यदि बेलैमा सचेत र सन्तुलित भुमिकामा रहन सकिएन भने पुजीवादी बर्ग हाबी हुने र बैचारिक सगठनको गरिमा र अस्तित्वमा ह्रास आउने पक्का पक्की जस्तै देखिदैछन । सचेत र सन्तुलित भुमिकामा रहेर समाज निर्माणका निमित्त लागौं र जागौं ।

लेखक :  नेपाली जनप्रगतिशील मन्च कतारका सह-संयोजक हुन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend