साझा नेटवर्क
गुल्मी, असोज १० ।
गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर २,अर्बेनिमा नेकपा माओवादी केन्द्रको नयाँ कमिटी गठन गरिएको छ । शनिबार सम्पन्न भएको माओवादी केन्द्रको भेलाले बाबुराम न्यौपानेको अध्यक्षतामा २५ सदस्यिय वडा कमिटीको गठन गरेको हो । सचिवमा खीम प्रसाद न्यौपाने रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्रका नेता तथा जिल्ला सदस्य तेजेन्द्र सलामी रहेका थिए । सलामीले बर्तमान अवस्थामा माओवादी केन्द्रप्रति जनलहर बढेकोले नयाँ कार्य कमिटी लाई उर्जाका साथ काम गर्न आग्रह गरे। माओबादी केन्द्र वडा कमिटी अर्बेनिको संरक्षकमा पुना भद्र न्यौपाने,हुमाकान्त न्यौपाने,नरेन्द्र न्यौपाने ,तिल बहादुर पुलामी लाई चयन गरिएको छ ।
सदस्यमा जीबलाल न्यौपाने ,दिपक न्यौपाने, कुमारी पाण्डे, एमु दर्लामी हर्क नेपाली, झलक पाण्डे मगर, युवराज न्यौपाने, ऋषिराम न्यौपाने, कमला न्यौपाने, बिन्दु परियार, अमर सुनार, धन माँयाँ राना, राधिका न्यौपाने, अमृता दर्लामि रुक्मांगत भुसाल, एम बहादुर बुढा, बिसन राना, बिक्रम मल्ल, इन्द्रबहादुर बिस्वकर्मा, बिष्णु न्यौपाने, दिपक थापा र रमेश बुढा रहेका छन् ।
प्रमुख अतिथि सलामीले पार्टीका नीति, सिद्धान्त, जिल्ला तथा केन्द्रका पछिल्ला गतिविधि, विभिन्न महत्वपूर्ण निर्णय लगाएतका बारेमा जानकारी गराएका थिए । कार्यक्रम नेकपा माओवादी केन्द्र अर्बेनिमा निबर्तमान वडा कमिटी अध्यक्ष क्षेत्र बहादुर सारुको अध्यक्षता तथा खेम प्रसाद न्यौपानेको संचालनमा सम्पन्न भएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend