logo
  • आइतबार, असोज ११ २०८३

मदानेमा सञ्चालित स्मार्ट कृषि कार्यक्रमको आम्दानी–खर्च सार्वजनिक


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

सन्तोष महतारा, गुल्मी १० असोज ।
गुल्मीको मदाने गाउँपालिका २ बाँझकटेरीमा संचालन भएको स्मार्ट कृषि कार्यक्रममा उपभोक्ता समितिले आम्दानी-खर्च विवरण सार्वजनिक गरेको छ । दुध र दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउन प्रदेश, कृषि ज्ञान केन्द्र र स्थानीय तहको सहयोगमा संचालित कार्यक्रमको आम्दानी–खर्च सार्वजनिक गरिएको उपभोक्ता समितिका उपाध्यक्ष चक्रबन्धु भुसालले जानकारी दिए ।

स्मार्ट कृषि कार्यक्रमको लागि आर्थिक वर्ष २०७७-७८ मा कृषि ज्ञान केन्द्र गुल्मीबाट २७ लाख ६९ हजार रुपैयाँ र मदाने गाउँपालिकाबाट ९ हजार २२ हजार २ सय ७० रुपैयाँ र उपभोक्ताबाट उठाउनुपर्ने कूल बजेटको २० प्रतिशत अनुसार १ लाख ९५ हजार ३ सय गरि जम्मा ५० लाख ४८ हजार ३८ रुपैयाँ कृषि कार्यक्रमको लागि आएको थियो । यो कुल रकम अघिल्लो वर्षको बचत ११ लाख १५ हजार ६ सय ६८ रुपैयाँ सहित भएको उपभोक्ता समितिका सचिव बिष्णु भुसालले जानकारी दिए ।

कुल रकम मध्ये स्मार्ट कृषि कार्यक्रमको लागि ४० लाख ४३ हजार ८ सय ५८ रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष २०७७र०७८ मा पनि १० लाख ४ हजार १ सय ८० रुपैयाँ बचत रहेको उपभोक्ता समितिका सचिव भुसालले बताए ।

आम्दानी–खर्च सार्वजनिक कार्यक्रममा स्मार्ट कृषि कार्यक्रममा उत्कृष्ट कार्य गर्ने ३ जनालाई सम्मान गरिएको छ । कृषि र पशु पालनमा प्रधिस्पर्धा गराएर विकास गर्ने योजना अनुरुप पुरस्कार प्रदान गरिएको हो । स्मार्ट कृषिमा आबद्ध गोर बहादुर सामत, डालाराम भुसाल र हिमा भुसाललाई सम्मान गरिएको हो ।

कार्यक्रम अनुसार भैंसी र गाई खरिद गरि कृषकलाई बाँडफाँड गरिएको थियो । जिन्सी सामाग्री अन्तर्गत उक्त कार्यक्रममा प्रिन्टर १, कम्प्युटर १, ल्यापटप १ लगायत टेबुल कुर्सी समेत रहेको आम्दानी(खर्च कार्यक्रममा सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा भकारो सुधार अन्तर्गत २ लाख ११ हजार ८ सय २ रुपैयाँ, भैंसी पाडा खरिदमा १ लाख ७६ हजार, पाडी १० लाख २९ हजार ५ सय रुपैयाँ र ढुवानीमा ७८ हजार रुपैयाँ खर्च भएको छ । चाँपकटर खरिदमा ५ लाख , भवन निर्माणमा १२ लाख ७४ हजार रुपैयाँ, सहजकर्ता ७७ हजार ८ सय रुपैयाँ लगायतमा खर्च भएको सार्वजनिक कार्यक्रममा भनिएको हो ।

कार्यक्रममा सहभागी उपभोक्ता तथा अन्य स्थानीयले स्मार्ट कृषि कार्यक्रमको सम्बन्धमा थुप्रै गुनासाहरु राखेका थिए । गुनासोको समितिका अध्यक्ष हिमलाल भुसाल, उपाध्यक्ष चक्रबन्धु भुसाल, सचिव बिष्णु भुसाल लगायतले जवाफ दिएका थिए ।

स्मार्ट कृषि कार्यक्रममा अघिल्लो वर्ष ५० जना कृषक आबद्ध रहेका थिए । पछि २२ जना कृषक थपिएसँगै अहिले स्मार्ट कृषि कार्यक्रममा ७२ जना कृषक आबद्ध रहेका छन् । कार्यक्रममा पछिल्लो वर्ष २२ पाडीहरु ४१ हजार देखि ५० हजार सम्मका खरिद गरिएको थियो । अनि लगभग त्यही मुल्यका ४१ हजार देखि ५० हजार सम्मका ४ पाडा खरिद गरिएको थियो । आम्दानी(खर्च सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि मदाने गाउँपालिका प्रमुख दान बहादुर केसीले स्मार्ट कृषि कार्यक्रमले कृषकको जीविकोपार्जनमा फेरबदल गर्न सहयोग पुराएको बताए । विशेष अतिथि मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले कृषकहरु कृषिमा मात्र नभई कार्यक्रमले प्रश्न गर्न सक्ने अनि जवाफदेही बनाउनेमा महत्वपूर्ण सहयोग गरेको बताइन् । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दान बहादुर केसी, उपाध्यक्ष सरिता खड्का, वडाध्यक्ष माधव भुसाल , गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ऋषि पोखरेल, कृषि शाखा प्रमुख हुम बहादुर थापा, पशु शाखा प्रमुख बसन्त भुसाल, वडा सचिव ठगुराम भट्टराई वडा, वडा सदस्य भविलाल भुसाल, वडासदस्य हुमा थापा, नेपाली काँग्रेस बाँझकटेरी सभापति कृष्ण प्रसाद भुसाल, माओवादी केन्द्रका मोतिराज भुसाल, राप्रपाका बृज बहादुर खत्री लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य कार्यसमिति उपाध्यक्ष चक्रबन्धु भुसालको रहेको थियो । कार्यसमिति अध्यक्ष हिमलाल भुसालको अध्यक्षतामा सुरु भएको कार्यक्रम सचिव बिष्णु भुसालले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend