logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीमा एम्बुलेन्स चालक कुटिए, अवस्था गम्भिर


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

गुल्मी, असोज ८ ।
गुल्मीको दोहली स्वास्थ्य चौकीका एम्बुलेन्स चालक माथि स्थानीय युवाले कुटपीट गरेका छन् । इस्मा गाउँपालिका ४ दोहलीका ३८ बर्षीय दान बहादुर पाण्डेयलाई स्थानीय लिल बहादुर अछामीले गम्भिर घाइते हुने गरेर कुटपीट गरेका हुन् ।

पाण्डेयको कुटपीटबाट आँखामा निल डाम छ । भने आँखा माथिको हड्डी फुटेको छ । दाँत झरेको, खुट्टा र शरिर सुन्निएको पीडितले बताए । राति नाक र मुखबाट रगत बगेको अवस्था फेला पाारेपछि तत्काल गुल्मी अस्ताल रेफर गरिएको इस्मा कोभिड १९ अस्पतालका प्रमुख डाक्टर निश्चल शर्माले बताए ।

बिरामी घरमा लैजान स्वास्थ्यचौकी आउँदा बाटोमै कार्यालय नजिकै आफुलाई कुटपीट भएको पीडत दान बहादुर पाण्डेयले बताए। । पीडितसंगै संयुक्त एम्बुलेन्स चालक संघले जिल्ला प्रहरी कार्यालयमा घटनाका दोषिहरुलाई कारबाहीको माग गरेर उजुरी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीमा सूचना अधिकारी प्रहरी नायव उपरिक्षक पुरुषोत्तम पाण्डेयले घटनामा संलग्नको खोजि कार्य जारी भएको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend