साझा नेटवर्क
कपिलवस्तु ५ असोज । जनमत पार्टी कपिलवस्तु जिल्ला समन्वय समितिको निर्माण अनुसार जनमत पार्टीको केन्दीय भ्रष्टाचार निवारण विभाग प्रमुखमा मनोज कुमार ओझाको नाम सिफारिस हुनु भएको छ ।
जनमत पार्टी कपिलवस्तुको संपूर्ण पदाधिकारीहरू द्वारा सर्बसम्मत रूपमा कपिलवस्तु जिल्लाको कृष्णनगर नगर पालिका वार्ड नं १२ टोल नरैनापुर बस्ने मनोज कुमार ओझा को भ्रष्टाचार निवारण विभाग प्रमुखको लागि जनमत पार्टी कपिलवस्तु द्वारा केन्द्रिय कार्यलय मा सिफारिसको लागि नाम पठाइएको थियो ।
जनमत पार्टी कपिलवस्तुको पदाधिकारीहरुको माग अनुसार निर्णय गरेको हो र जनमत पार्टीको केन्द्रीय भ्रष्टाचार निवारण विभाग को अध्यक्ष संजय कुमार मिश्र द्वारा ओझाको नाम मनोनीत गरी घोषणा गरिएको हो ।
कपिलवस्तु जनमत पार्टी जिल्लाको सामान्य समितिको निर्णय अनुसार ओझा लाई जनमत पार्टीको जिल्ला भ्रस्टाचार निवारण विभाग प्रमुख जस्तो गरिमामय पदमा केन्द्रबाट निर्णय गरेर केन्द्रीय प्रमुख मिश्रले घोषणा गर्नु भएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend