logo
  • शुक्रबार, साउन ८ २०८३

अनिल खत्रीको नयाँ एल्बम” अचानो “बजारमा 


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

साझा नेटवर्क, गुल्मी असोज ०४।
गुल्मीको अग्लुङ्मा जन्मिएका अनिल खत्रीको लोकदोहोरी गित अचानो एल्बम सार्बजनिक भएको छ । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगीत चर्चा परिचर्चामा रहेको छ।
समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली लोक गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै विच नेपाली लोक तथा दोहोरी गित क्षेत्रमा अनिल खत्री निकै लोकप्रिय गायक तथा गुल्मीका  सञ्चारकर्मी मध्ये एक हुन् ।

जिन्दगीको बाटो’ ‘यहि हो माया लाउने उमेर’ ‘खुन’, लगायत थुप्रै लोकप्रिय गितबाट सबैको मनमुटुमा बस्न सफल गायक तथा सञ्चारकर्मी खत्री सबै फ्यानहरुको उत्तिकै माया पाएका छन् , उनका फ्यान, शुभचिन्तकहरु उनको नयाँ गित कस्तो आउला, के आउला भनेर धेरै प्रतिक्षामा पनि रहने गर्छन् ।

सख्यात्मक भन्दा पनि गुणात्मक सृर्जना गर्ने अनिल खत्री नयाँ लोक तथा दोहोरी गीतसङ्गै  अचानो यश पाली शुभचिन्तिक फ्यानहरुको लागि नयाँ कोसेली लिएर आएको तथा अन्य गित बजारमा आउने तयारीमा रहेको बताएका छ्न । जुन गितमा अनिल खत्री  र गायिका पार्बती आचार्यको सुमधुर स्वरमा सजिएको निकै प्रतिक्षित गित अचानो भर्खरै रिलिज भएको छ ।

गित गाउन देखि लेख्न सम्म , शब्द,लय सृर्जना देखि थेगो बनाउन सम्म खत्री पोख्त छन् । अनिल खत्रीको उत्कृष्ट शब्द सृर्जना एवम् महेन्द्र भण्डारीको लय रचनामा रहेको गितमा लोकप्रिय चर्चित मोडेल अमित नेपालीको साथमा प्रतीक्षा बि क लगाएत अन्य ब्यक्तिको अभिनय रहेको छ ।

भने छायांकन सुनिल बिक र निर्देशन अर्जुन पान्डे र सुरज पन्किले गरेका हुन्। गीतको म्युजिक भिडियो (भिडियो नेपाल) युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस्-

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend