साझा नेटवर्क
साझा नेटवर्क, झापा असोज ३ ।
बालबालिकाहरुको क्षेत्रमा बिगत डेढ बर्षदेखि विविन्न समय सान्दर्भिक कार्यक्रम गर्दै आईरहेको शैशव मञ्च नेपाल झापा जिल्ला शाखाले संविधान दिवसको अवसर परेर झापा जिल्ला अन्तर्गत पर्ने देशकै बन्द निशेधित क्षेत्र कनकाई नगरपालिकाको सुरुङा बजारलाई केद्र बिन्दु बनाएर सरसफाइ कार्यक्रम, देशले संविधान पाएको खुसिमा दिप प्रज्वलन तथा कोणसभा गरेको छ ।
सुरुङ्गा बजारलाई सफा बनाई बजारको सौर्न्दर्यलाई बढाउन साथै बालबालिका साथै मानिसहरुलाई बाटोमा फोहोर नफाल्न सन्देश दिने हेतुले बजारको फोहोर सरसफाइ गरिएको थियोे । कार्यक्रम सफल पार्न मार्क्स , ग्लोप्स र सेनिटाईजर सुरुंङ्गा मेडिसिन सेन्टरले प्रायोजन गरेको थियोे ।
साथै ईलाका प्रहरी कार्यलय सुरुङ्गा र ट्राफिक कार्यलय सुरुङ्गाको सकृयतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको कोणसभा बजारको विच भागमा रहेको पिपलको बोटमुनि भएको थियोे ।
कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रुद्रप्रसाद चिमरियाले कार्यक्रमलाई सम्बोधन गर्दै बालबालिकाको यो संस्थाले साच्चै राम्रो काम गरेको भन्दै कार्यक्रम र संस्थाको उच्च सम्मान र प्रशंसा गर्दै संविधान दिवसको शुभकामना दिनुभयो ।
शैशव मञ्च नेपालका केन्द्रीय संस्थापक अध्यक्ष दिवश कार्कीले निम्न वर्गीय बालबालिकालाई निशुल्क गुणस्तरीय उच्च शिक्षा राज्यले दिनुपर्ने र बालमैत्री स्थानीय तह निर्माणका लागि सबै एक जुट हुनुपर्ने भन्दै संविधान दिवसको शुभकामना दिनुभयो ।
बालबालिकाको हक र हितको लागि सधैं आवाज उठाउदै बालमैत्री समाजको परिकल्पना गरिरहेको शैशव मञ्च नेपाल देशकै उत्कृष्ट संस्था रहेको झापा जिल्ला अध्यक्ष टिकाराम बास्तोलाले बताउनुभयो । कार्यक्रम मञ्चका संस्थापक सदस्य साथै दिव्य ज्योति बालक्लब अध्यक्ष लोकनाथ सुवेदी , शैशव मञ्च नेपालका कनकाई नगर अध्यक्ष दिवस गिरी लगायतले मन्तव्य राख्नुभएको थियोे ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सचिव रोसन प्रसाईले र कार्यक्रम सञ्चालन संस्थाका प्रवक्ता प्रखर वक्ता सन्देश दाहालले गरेका थिए भने कार्यक्रम समापन संस्थाका अध्यक्ष टिकाराम बास्तोलाले गर्नुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend