logo
  • आइतबार, असोज ११ २०८३

संखुवासभा सामुहिक हत्याकाण्ड : थप चारजना माथि अनुसन्धान सुरु


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

संखुवासभा, असोज ३ ।
संखुवासभाको मादी नगरपालिकामा भएको परिवार हत्याकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले थप चार जना माथि अनुसन्धान सुरु गरेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुसार हत्या आरोपमा पक्राउ परेका लोकबहादुरको घरबाट बिहीबार मृतक रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले फेला पारेपछि अनुसन्धान टोली पुनः घटना स्थल केन्द्रित बनेको हो ।हाल प्रहरीले ती ४ जनाको नाम भने खुलाएको छैन ।

एउटै परिवारका ६ जनाको हत्यामा संलग्न स्थानिय लोकबहादुर कार्कीलाई यसअघि नै पक्राउ गरिसकेको छ भने लोकबहादुरका भाइ नरेश समेत प्रहरी नियन्त्रणमा छ । उक्त हत्यामा संलग्न लोकबहादुर र उनका भाइ नरेश बाहेक अन्य ४ जनामाथि प्रहरीले अनुसन्धान थालेको छ ।

गत भदौ २१ गते बिहान लोकबहादुरले ६ जनाको हत्या गरेका थिए । लोकबहादुरको बयानका आधारमा उनका भाइ नरेशलाई पनि पक्राउ गरेको हो । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर र नरेशको बयानका आधारमा अन्य ४ जना माथि समेत प्रहरीले अनुसन्धान थालेको छ ।

यसैगरी रञ्जनाको मोबाइल घटना भएको बिहानदेखि नै हराएको थियो । सो मोबाइल स्विच अफ भएकाले प्रहरीले सम्भावित ठाउँमा खोजी गरिरहेको थियो । थप प्रमाण फेला परेपछि संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी सहित ६ जनाको टोली घटना स्थल पुगेर पुनः अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend