logo
  • शुक्रबार, असोज ९ २०८३

नेपाली हाँस्य टेली शृंखला “चतुरे”ले प्रशारण सुरु गर्यो


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, काठमाडौ असोज २ ।
नेपालमा फिल्मी जगतमा हाँस्य तथा मनोरन्जनात्मक टेलिसिरियलहरु प्रसस्त छन्, यही सिरियलहरुको भीडमा अर्को नयाँ  हास्य टेली शृंखला “चतुरे” थपिएको छ । लोकप्रिय कलाकार तथा लेखक, निर्देशक प्रकाश कोइराला अर्थात् वान्ते गुरुद्वारा निर्देशित सिरियल फरक शैली र कथामा प्रशारणमा आएको हो ।
उक्त सिरियलमा हस्यव्यङ्ग्यमा आफ्नो छुट्टै पहिचान बनाई सकेका कलाकारहरु प्रकाश कोईराला, अण थापा ‘टुप्पी’ लक्ष्मण खनाल, रिकेश थापा, सन्ध्या कोईराला लागायतको अभिनय रहेको छ भने अहिले चर्चित छायांकार तथा सम्पादक रवीन्द्र लम्सालले उक्त सिरियललाई छायाङ्कन र सम्पादन गरेका छन्।

उक्त सिरियलका निर्माता अण थापा हुन् भने निर्देशक वान्तेगुरु हुन्, देशको आर्थिक,सामाजिक, धार्मिक र राजनीतिक अवस्थालाई सिरियल मार्फत व्यङ्ग्य गरिएको र आफ्नो सिरियलले समाजलाई केही संदेश समेत प्रदान गरेको लेखक तथा निर्देशक कोइरालाको भनाई छ।

समाजमा रहेका विकृतिलाई सिरियलमा देखाउनु मात्र नभई यस्ता विकृतिलाई निर्मूल पार्न पनि केही भूमिका खेल्ने कुरामा आशावादी छन् निर्माता अण थापा । सिरियल चतुरेका निर्देशक प्रकाश कोइराला विभिन्न चलचित्र, टेली चलचित्र साथै म्युजिक भिडियोमा समेत काम गरिसकेका छन् ।

निर्माता अण थापा पनि बिगत ८/१० वर्ष देखि साङ्गीतिक क्षेत्रमा सकृय छन्, उनका दर्जनौ गीत हरु बजारमा छन । यो जोडीले यस अघि प्रस्तुत गरिएको गाईजात्रापनि लोकप्रिय भएको थियो। पुन्टेमामा क्रियशनको व्यानरमा निर्माण भएको भएको सिरियल आफ्नै अफिसियल युट्युव च्यानल मार्फत प्रसारणमा आएको हो ।

हेर्नुहोस् भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend