logo
  • शनिबार, साउन ३० २०८३

रुपन्देहीका सहकारीको सवा १२ अर्ब कर्जा लगानी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

यमलाल भुसाल, बुटवल असोज २।
रुपन्देही जिल्लामा संचालित ५५४ वटा सहकारी संस्थाले १२ अर्ब १६ करोड बढी कर्जा प्रवाह गरेका छन । जिल्लामा रहेका सहकारी संस्थाहरुमा १ लाख ७४ हजार ७ सय ३३ जना शेयर सदस्य आवद्ध रहेका छन ।
कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था बुटवलको २१ औ वार्षिक साधारण सभामा वोल्दै जिल्ला सहकारी संघरुपन्देहीका उपाध्यक्ष डोल प्रसाद अर्याले रुपन्देही जिल्लामा संचालित सहकारीहरुले सामाजिक उत्तरदाईत्व बढाउन जरुरी रहेको औल्याउनु भयो । उहाँले एक सहकारी एक व्यक्तिको सहकारी मुल्यमान्यतालाई व्यवहारमा लागु गर्न समेत आह्वान गर्नु भयो ।

साधारण सभामा कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लक्ष्मण आर्चाय क्षेत्रीले प्रस्तुत गर्नु भएको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष टंक कुमार खड्काले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन, वालुराम गिरीले प्रस्तुत गर्नु भएको लेखा समितिको प्रतिवेदन, र यज्ञ प्रसाद पंगेनीले प्रस्तुत गर्नु भएको मुल्याकन तथा उप समितिको प्रतिवेदन छलफल सहित पारित गरिएको सचिव कृष्ण प्रसाद ज्ञवालीले बताउनु भयो ।

कोरोना कहरलाई मध्य नजर गरि सहकारीका पदाधीकारी, उपसमिति र सल्लाहकारलाई मात्र सहभागि वनाएर साधारण सभा गरिएको संस्थाका उपाध्यक्ष दोल राज पाण्डेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend