साझा नेटवर्क
सृजना आचार्य, कपिलवस्तु असोज २ ।
राष्ट्रका लागि युवा अभियान नामक युथ युनिटी वेलफेयर एसोसियसनले कपिलवस्तुमा संविधान दिवस मनाउने भएको छ । मंगलबार असोज ३ गते संविधान दिवसको मुख्य दिन संविधान दिवस मनाउन लागिएको सो संस्थाकी बोड सदस्य सृजना आचार्य ले बताउनु भएको छ ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ५ स्थित कोपवा चोकमा आयोजना हुने कार्यक्रममा नेपालको संविधान २०७२ जारी भएको दिनको संझना सहित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि युवापुस्ताको भुमिका पनि अपरिहार्य रहेको युथ युनिटीले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend