logo
  • शुक्रबार, साउन ८ २०८३

माधव नेपालले देउवालाई प्रधानमन्त्री बनाउने कुरा ठूलो उपलब्धी लिनु भो ः गोकर्ण बिष्ट


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

अनिल खत्री
३१ भदौ, गुल्मी ।

नेकपा एमाले सचिव गोकर्ण बिष्टले माधव नेपालले नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कुरालाई ठूलो उपलब्धीसँग जोडेको बताएका छन् । नेकपा एमाले जिल्ला कमिटी गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पार्टी कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा बिष्टल ेपार्टी विभाजनलाई क्रान्तिकारीता सित जोडेको बताएका छन् ।

सिद्धान्त र बिचारसँग तुलना गरेर एउटा क्रान्तिकारी त्यागीले महामनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउछ भनेर पुष्टी गर्न खोजेको बताए । १० बुँदे सहमती कार्यवन्यनमा माधव नेपालबाटै असहयोग भएकाले पार्टी विभाजन भएको बताएका छन् ।पार्टीमा देखिएका समस्या सुल्झाउन बनाइएको कार्यदललले तयार गरेको सहमती माधव नेपालबाट धोका भएको बताए । पार्टी एकता बाहेक बिकल्प छैन दोन्ध बिरोधको पार्टी भित्रबाटै गरौं भन्दा अत्यमा माधव नेपालले म मान्दिन भन्ने गरेको बताए ।

पार्टी एकता भन्दा पनि उहाँले पार्टी बिभाजन चाहेकाले कुनै पनि सर्त नमानि पार्टी बिभाजन गरेको बताए । पार्टी विभाजन भएपनि ठूलो असर एमालेलाई नपरेको बताए ।
पार्टी विभाजन हुन नदिन अनेकौं प्रयत्नहरु अपनाएपनि माधब नेपालले त्यो नचाहेको बताए । कार्यदलले माधव नेपाल र झलनाथ खनाललाई जानकारी गराएर १० बुँदे सहमती तयार भएको बताए ।

तर पछि उहाँहरुले नै त्यो सहमती हुन्छ भनेर पछि पुन असहमति जनाएर पार्टी विभाजन गरेको बताए । पूर्वमन्त्री समेत रहेका बिष्टले पार्टीमा देखिएका विवाद मिलाउन गरेका प्रयत्नहरुको नालीबेली नै कार्यकर्तालाई सुनाएका थिए ।उनले पार्टीमा बेला बेलामा समस्याहरु आएपनि त्यसलाई समाधान गर्दै अगाडी बढनु पर्नेमा जोड दिए । केन्द्रिय नेताहरु बिभिन्न विषयमा असहमती जनाए पनि त्यो असर कार्यकर्ता पंतीले नेताको आधारमा धारणा नबनाउन आग्रह गरे ।

उनले एक मन एकताका साथ अब पार्टीलाई थप बलियो बनाएर लैजानको निम्ति कार्यकर्तालाई आग्रह गरे । एमालेमा देखिएको समस्याका कारण दुइतिर बनेका दुई जना सचिवले एउटै मञ्चबाट सम्बोधन गर्दै पार्टी एक ढिक्का भएको सन्देश दिएका छन् ।पार्टी कार्यकर्ता भेलालाई सचिव एबम् प्रवक्ता प्रदीप ज्ञवाली र सचिव गोकर्ण बिष्टले सम्बोधन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend