logo
  • आइतबार, असोज ११ २०८३

राँगेढुंगामा बन्यो बिश्वकर्मा बाबाको चिटिक्कको मन्दिर


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री
३० भदौ, गुल्मी ।

गुल्मी जिल्लाको सदरमुकाम तम्घास नजिकै राँगेढुंगामा बिश्वकर्मा बाबाको मन्दिर निर्माण गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–४ स्थित राँगेढुंगा भन्ने स्थानमा बिश्वकर्मा बाबाको मन्दिरको पुनः मर्मत गरेर निर्माण गरिएको हो ।

मन्दिर निर्माण गरिएको स्थानमा पहिले रहेको मन्दिर जीर्ण बन्दै गएपछि पुनः आकर्षक तरिकाले निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताए । जिल्लाका विभिन्न स्थानमा चल्ने सवारी साधनहरुका चालक तथा सवारी धनीबाट संकलन गरेर २०५८ सालमा मन्दिर निर्माण गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
मन्दिर पुरानो हुँदै जीर्ण बन्न थालेको थियो । मन्दिर जीर्ण बन्न थालेपछि स्थानीयले सहयोग संकलन गरेरै खानेपानी, प्रतिक्षालय भवन र मन्दिरलाई नयाँ स्वरुप दिएर आकर्षक बनाइएको छ ।

मन्दिरमा विश्वकर्मा बाबाको पूजाको अवसरमा विशेष पूजा गरिने गरिन्छ भने अन्य दिन दैनिक जसो पूजा हुनुका साथै नयाँ तथा पुराना सवारी साधन किनेमेल गर्नेहरु पूजा गर्नको निम्ति मन्दिरमा लैजाने गर्दछन् ।राँगेढुंगामा धार्मिक आस्थाका आधार विश्वकर्मा बाबाको मन्दिर निर्माण गरिएको हो । जहाँ पूजा गर्नाले सवारी साधन राम्रोसँग चल्ने, फलिफाप हुने मान्यता रहि आएको छ ।

निकै जोखिम पूर्ण सडक रहेको स्थानमा सवारी साधनहरु दुर्घटनामा नपरुन भन्ने विश्वासका साथ मन्दिर निर्माण गरिएको अध्यक्ष श्रेष्ठले बताए । मन्दिरको पुनः निर्माण गर्न अहिलेसम्म १६ लाख जति खर्च भइसकेको छ ।मन्दिर मर्मत तथा पुनः निर्माणको लागि रेसुङ्गा नगरपालिकाबाट १ लाख ३० हजार सहयोग भएको थियो । भने अन्य रकम बिभिन्न व्यक्तिहरुको सहयोगमा निर्माण कार्य गरिएको रकम संकलन गरिहेका स्थनीय झबि पाण्डेले बताए ।

मन्दिर पुनः निर्माणको लागि निर्माण कार्यको अनुगमन गर्न समतिका उपाध्यक्ष राजु पछाईलाई जिम्मा दिइएको छ । विभिन्न व्यक्तिहरुसँग आर्थिक संकलन गर्ने कार्यको लागि स्थानीय तथा व्यवसायी झबी पाण्डे गर्दै आएका छन् ।जसअनुसार काम हुँदा रकम जुटाउने र निर्माण गर्ने कार्यले अन्तिम रुप आएको छ । आर्थिक रकम जुटे बिश्वकर्मा बाबाको मन्दिरसँगै अरु मन्दिर संरचनहरु पनि निर्माण गरिने अध्यक्ष श्रेष्ठले बताए ।

जहाँ राँगाको आकारको मुर्ति थियो

अहिले मन्दिर निर्माण गरिएको स्थानमा मन्दिर निर्माण नहुनु पुर्व राँगो जस्तै आकारको ढुंगाको ठूलो मुर्ति थियो । जुन मुर्तिलाई आउजाउ गर्ने मानिस तथा सवारी साधानहरु फूलहरु, घाँसका पात चढाएर हिड्ने गर्दथे ।

बाटो पनि निकै जोखिम थियो । जिल्लाको इस्मा र गुल्मी चारपालाका राजाहरुको बिचमा अचम्मको राँगाको पौराणीक ईतिहास अनुसार इस्माका राजाले पालेको राँगो रातारात गुल्मी चारपालाका राजाको बारीमा तोरी खाई चरेर रातारात उज्यालो नहुँदै फर्किदै थियो ।

अचानक एक दिन त्यो राँगो तोरी खाएर फर्किने क्रममा बाटोमा पहिलो प्रहरको भाले वासेको र बिहान उज्यालो भएको हुँदा त्यो राँगो सेउघा र जोगिथुमको बिच भागमा शिलामा परिणत भएको पुरानो इतिहास रही आएको छ । अहिले पनि इस्मामा र गुल्मी चारपालामा राजाहरु बस्ने दरवार रहेको छ ।

हाल त्यो राँगाको शिला लुम्बिनी तम्घास सिमलटारी, ढोरपाटन जाने मोटरबाटो बनाउदा त्यो बिशाल राँगोको शिला पन्छ्याउदा फुटेको थियो । त्यसैले अहिले मन्दिर बनेको स्थानलाई राँगेढुंगा भनेर सबैले चिन्ने र भन्ने गर्दछन् । अहिले मन्दिर परिसरसँगै स्थानीयको सहयोगमा राँगो जस्तै सानो शिला बनाएर राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend