साझा नेटवर्क
कमल पौडेल, बागलुङ्ग भदौ २९ ।
५७ औं राष्ट्रिय बालदिवसको अवसरमा बडिगाड गाउँकार्यपालिकाको आयोजना र महिला बालवालिका तथा जेष्ठ नागरिक शाखाको संयोजनमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

बडिगाड गाउँपालिका भित्रका विद्यालयहरुबाट २० जना विद्यार्थी सहभागि भएको, कोरोना महामारि नियन्त्रणमा बालवालिकाको भूमिका विषयक प्रतियोगितामा भिमगिठे मावि भिमगिठेका सिर्जना केसि प्रथम, त्रिभुवन नमुना मावि खर्वाङका तेजश्वी भण्डारी द्धितिय, खड्कदेवि मावि तुन्डाडाका सागर बन तृतिय तथा खार मावि खारका करुणा घिमिरेले सान्त्वना स्थान प्राप्त गरेका छन्।
कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले वालवालिकाका अधिकारहरु स्थापित गर्न सरोकारवाला सवैको ध्यान जानुपर्ने र आफुहरुको पनि ध्यान जाने बताउनु भएको छ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत बालाकृष्ण सुवेदी लगाएत विषयगत शाखाका प्रमुखहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु लगाएतको सहभागिता रहेको थियो।
कार्यक्रम बडिगाड गाउँपालिका उपाध्यक्ष अम्मर बहादुर श्रीसको अध्यक्षता, शिक्षा अधिकृत प्रकाश बहादुर क्षेत्रिको स्वागत मन्तव्य र योजना अधिकृत तथा महिला बालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख प्रकाश पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend