साझा नेटवर्क
रञ्जित चौरसिया, पर्सा भदौ २८।
नेपालकै आर्थिक नगरी भनेर चिनिने र सबै भन्दा बढी राजस्व संकलन हुने ठाउँ भनिएको बिरगंज भन्सार क्षेत्रमा सशस्त्र प्रहरी घुमुवाको चन्दा आतंक बढेपनि सम्बन्धित निकाय भनिएको सशस्त्र प्रहरी प्रमुख मौन रहेका छन ।
सीमा नाकामा सशस्त्र प्रहरीको तर्फबाट घुमुवा परिचालन हुनासाथ बिरगंज भन्सार क्षेत्रबाट व्यापक तस्करीको लाइन बढेको पाइन्छ । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाले आफ्नो जिल्लामा कुनै किसिमको घुमुवा परिचालन नभएको ठोकुवा गरिरहेकै अवस्थामा भन्सार क्षेत्रमा सशस्त्र प्रहरी सहायक निरीक्षक तिलक थापालाइ घुमुवामा खटाइएको छ ।
बोर्डर आउट पोस्ट बिरगंजका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सुवर्ण बमका बिश्वासिलो पात्रको रूपमा सशस्त्र प्रहरी सहायक निरीक्षक तिलक थापा भएकै कारण भन्सार क्षेत्रमा खटाइएको बताइन्छ । भन्सार क्षेत्रमा सशस्त्र प्रहरी सहायक निरीक्षक थापा जानू कुनै नौलो कुरो नभएको सशस्त्र प्रहरी श्रोतले जनाएको छ ।
श्रोतले जनाए अनुसार कुनैपनी हाकिम आउनसाथ बार्गेनिङ्गको कुरा मिलाउन सफल हुदा बिरगंज भन्सार क्षेत्रमै पटक पटक गरि चौथो पटक आउन सफल भएको बताए । आफ्नो हाकिमलाइ सोचे जस्तो रकमको लोभमा पारी भन्सारमा चौथो पटक पुगेको उनले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend