logo
  • शुक्रबार, साउन ८ २०८३

पुष्पन प्रधान र प्रविशा अधिकारीको स्वर रहेको गीत ‘तिम्रो मन…’ सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

काठमाण्डौ, २८ भदौं ।

पुष्पन प्रधान र प्रविशा अधिकारीको स्वरमा रहेको गीत ‘तिम्रो मन…’ सार्वजनिक भएको छ । दिग्गज धौरालीको शब्द, रिकेश गुरुङको सङ्गीत तथा सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा सुधिर श्रेष्ठ र समृद्धि पौडेललाई फिचरिङ गरिएको छ । इन्दु भण्डारी क्रिएटिभ निर्देशक रहेको भिडियोमा उत्सव दाहालको कोरियोग्रफी र शिलन लम्सालको कलर तथा सम्पादन छ ।

‘हामी सबैको मिहेनतबाट एउटा उत्कृष्ट गीत र त्यसको भिडियो स्रोता/दर्शकमाझ ल्याएका छौ, सबैले मन पराइदिनुहुने छ भन्ने आशावादी छौ’, निर्देशक शाहीले भन्नुभयो ।

‘तिम्रो मन…’को केही समय पहिला टिजर पनि सार्वजनिक भएको थियो । गीतको टिजरले दर्शकको अत्यधिक साथ पाएको थियो । गीतको भिडियो साईराम पिक्चर्सको युट्युवमार्फत सार्वजनिक गरिएको हो । गीतमा आफूले माया गरेको मान्छेलाई आशु झार्न नदिने बाँचा गरिनुका साथै एक अर्कामा पूर्ण रुपमा समर्पित भएको भिडियोमा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend