साझा नेटवर्क
अनिल खत्री
२८ भदौ, गुल्मी । गीतकार डा.शिव सुबेदीको नयाँ लोक दोहोरी गीत ‘कस्को अनुमती’ सार्वजनिक भएको छ । माया प्रेमका तिता मिठा कथा वस्तुमा तयार पारिएको लोक दोहोरी गीत ‘कस्को अनुमती’ सार्वजनिक भएको हो ।

माया गर्न चाहनेहरुले कति समय पर्खिने र माया गर्न कस्को अनुमती चाहिन्छर भन्ने जस्ता कथा वस्तु गीतमा समाबेश गरिएको छ । गीतकार सुबेदीको लय शब्द रहेको गीतमा शान्तिश्री परियार र बिक्रम परियारको स्वर रहेको छ ।पुष्पाञ्जली म्युजिक प्रालि मार्फत सार्वजनिक गीतमा महेन्द्र गौतम र गरिमा शर्मालको अभिनय रहेको छ । माया प्रेममा आधारित गीत भएकाले धेरै दर्शक श्रोताको मन जित्ने डा.शिव सुबेदीले बताए ।
‘कस्को अनुमती’ लोक गीत गीतकार डा. सुबेदीले आफनै शिब सुबेदी यूट्युब च्यानबाट सार्वजनिक गरेका छन् । डा.शिव सुबेदीले राष्ट्र भक्ति भाव गीतहरुसँगै भुकम्पबाट कसरी सुरक्षित रहने जस्ता जनचेतना मुलक गीतहरु पनि बजार आएका छन् ।सयौं लोक दोहोरी गीतहरुमा लय शब्द दिएका गीतकार सुबेदीले भुकम्प सम्बन्धी बिषयबाट स्वीजरल्याण्डको बिश्वबिद्यालयबाट अध्ययन सम्पन्न गर्दैछन् । उनका सयौं गीतहरु निकै लोकप्रिय छन् ।
‘कस्को अनुमती’ गीतको पुरा भिडियो हेर्नुहोस्
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend