logo
  • आइतबार, असोज ११ २०८३

धुर्कोटले सहयोग गर्ने भएपछि ताराखोलाले स्थानीय पाठ्यक्रम बनाउने


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल, गुल्मी, २४ भदौ ।
गुल्मीको धुर्कोट गाउँपालिकाले सहयोग गर्ने भएपछि बाग्लुङको ताराखोला गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाउने भएको छ । धुर्कोट र ताराखोलाबीच भगिनी सम्बन्ध कायम भएपछि ताराखोलाको निमन्त्रणमा धुर्कोटका शिक्षकहरुको समुह ताराखोलामै पुगेर अनुभव आदान–प्रदान गरेका छन् । धुर्कोटका शिक्षकहरुले स्थानीय पाठ्यक्रममा समेट्नुपर्ने बिषय, प्रकाशन गर्ने तरिका, गठन गरेका विभिन्न समिति, पाठ्यपुस्तक लेख्ने तरिका, पाठ्यपुस्तकको प्रयोग लगायतको बारेमा अनुभव प्रदान गरेको पाठ्यपुस्तक लेखन समिति संयोजक कृष्ण प्रसाद भण्डारीले जानकारी दिए ।

धुर्कोट गाउँपालिकाले विगत तीन बर्षदेखि सामाजिक बिषयको कक्षा ५ सम्म स्थानीय पाठ्यक्रम लागु गरेको छ । चालु शैषिक सत्रदेखि कक्षा १ देखि ५ सम्म सय पूर्णङ्कको स्थानीय पाठ्यक्रम लागु गर्ने गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । धुर्कोटको पाठ्यक्रममा भुगोल, इतिहास, आर्थिक पक्ष, कृषि, पर्यटन लगायतका पक्ष समेटिएका छन् ।

ताराखोला गाउँपालिकाले आगामी शैक्षिक सत्रबाट स्थानीय पाठ्यक्रम लागु गर्ने तयारी गरेको छ । जसको लागि गाउँपालिका अध्यक्ष प्रकाश घर्तीको संयोजकत्वमा ११ सदस्यिय समितिको गठन गरेको छ । समितिले पाठ्यक्रम तयारी गरी कक्षा १ र २ मा सुरुको बर्ष नै लागु गर्ने तयारी रहेको गाउँपालिका अध्यक्ष घर्तीले जानकारी दिए । धुर्कोट र ताराखोला गाउँपालिकाबीच ०७६ कार्तिक २७ गते भगिनी सम्बन्ध कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend