साझा नेटवर्क
अनिल खत्री
२३ भदौ, गुल्मी ।
गुल्मीमा पछिल्लो समय प्रहरी प्रति जनविश्वासमा अभिवृद्धि हुन थालेको छ । घटित अपराधका सबै अभियुक्त पक्राउ भई कानूनी कारबाहीको दायरामा आएपछि विश्वास बढ्न लागेको हो ।जिल्ला प्रहरी कार्यालय गुल्मीलाई बितेको पछिल्लो ६ महिना यता घटेका घटनाहरुमा अपराधी पत्ता लगाउन सफल भएपछि सफलता मिलेको छ । गतवर्षको फागुन महिनादेखि भदौ महिनाको तेस्रो सातासम्मको जिल्ला प्रहरी कार्यालय गुल्मीबाट भएगरेका कामहरुको समिक्षा गरिएको हो । यो अवधीमा जिल्ला प्रहरी कार्यालय गुल्मीले महत्वपूर्ण उपलब्धी हासिल गरेको जनाएको छ ।
प्रहरीहरुमा दण्ड र पुरस्कारको जनशक्तिको माध्यमबाट मनोबल उच्च राख्ने प्रयास, २ निलम्बन सहित ५ जना कार्वाही, ३७ जना पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पछिल्लो ६ महिनामा १०६ वटा दर्ता भएको, जसमा गुल्मीमा ५९ जना हराएकामध्ये ४९ जना फेला पारेको, १० जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ ।
यस्तै भाडगाँउ हत्याकाण्ड, इस्मा, गुल्मी दरवार हत्याकाण्डको सफल अनुसन्धानमा गर्नु ठूलो महत्वपूर्ण रहेको प्रहरीले जनाएको छ । जिल्लामा विभिन्न मुद्दामा ५४ जनालाई पक्राउ गरी कानूनी कारबाहीमा परेको प्रहरीले जनाएको छ ।
पक्राउ परि कानूनी कारबाहीमा पर्नेहरुमा ५ जना महिला र ४९ जना पुरुष रहेका छन् । जसमध्ये सवारी ज्यानमा ५ जना, कर्तव्यज्यानमा १ जना, अभद्र व्यवहार गर्न नहुने कसूरमा १ जना महिला र ११ जना पुरुष पक्राउ गरि कानुनी कारवाही गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै बहुबिवाहमा २ जना महिला र २ जना पुरुष, चोरीमा ३ जना, जवरजस्ती करणीमा ११ जना पुरुष, जवरजस्ती करणी उद्योगमा ३ जना जना पक्राउ गरि कानुनी कारवाही गरिएको प्रहरीले जनाएको छ । त्यस्तै ज्यान मार्ने उद्योगमा २ जना, आत्महत्या दुरुत्सहनामा १ जना, आगोलागी सम्बन्धि कसूरमा ३ जना, पशुपक्षी सम्बन्धि कसूरमा १ जना महिला र ७ जना पुरुष, अप्राकृतिक मैथुनमा १ जना पक्राउ गरि कानुनी कारवाही गरिएको प्रहरीले जनाएको छ
जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य र सन्तोषजनक लागू औषध, गुण्डागर्दि, मानव बेचबिखन, संगठित अपराध, अबैध हातहतियार, राजनैतिक द्वन्द लगायतका समस्याहरु न्यून वा सुन्य अवस्थामा रहेको तथ्याङ्कमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले बितेका पछिल्लो ६ महिना यताको समिक्षा गर्दै घटित अपराधहरुमा क्रमशः आत्महत्या, सार्वजनिक अपराध, यौनजन्य हिंसा र सवारी दुर्घटना सबै भन्दा अधिक रहेको जनाएको छ ।
प्रहरी प्रतिको जनबिश्वासमा अभिवृद्धि गर्दै घटित अपराधका सबै अभियुक्तहरु पक्राउ भई कानूनी कारबाहीको दायरामा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) गोपालचन्द्र भट्टराईले बताए । ट्राफिक चेकजाँचमा कडाइ, ५० लाख राजश्व असुली, प्राकृतिक प्रकोपहरुमा जनधनको नोक्सानीमा न्यूनिकरण, आगलागि नियन्त्रणमा प्रहरीको सकृय भूमिका, बाढी पहिरोमा उद्धार र स्थानान्तरणमा बिशेष भूमिका रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय गुल्मीले व्यवस्थापन तर्फ पनि प्रगती भएको जनाएको छ । जसको लागि प्रदेश सरकार सँगको समन्वयमा २ वटा पिक अप भ्यान र ५ वटा मोटरसाइकल प्राप्त भएको जनाएको छ ।
जसले गर्दा जिल्लामा कुनैपनि स्थानमा घट्ने घटनाहरुमा छिटो छरितो पुग्न सजिलो हुने गरेको प्रहरी उपरिक्षक (एसपी) भट्टराईले बताए । त्यस्तै दुईवटा क स्तरका इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको आपूर्ति भई सुरक्षा तर्फ थप शक्ति बढेको जनाएको छ ।
प्रहरी चौकी श्रिङ्गाको उद्घाटन तथा जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय, शान्तिपुरको भवन निर्माण कार्य अन्तिम चरणमा रहेको उल्लेख गरेको छ । नयाँ प्रहरी भवन निर्माण तथा थप निर्माणका लागि भएका पहलहरु सकरात्मक रहेको प्रहरी जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी)पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।
जिल्ला प्रहरी कार्यालय गुल्मीमा घरेलु हिंसा सम्बन्धि ३२ वटा निवेदनहरु मध्ये २३ वटा निवेदनहरु मिलापत्र भएको, ३ वटा अदालत पाठाइएको । जसमध्ये ६ वटा निवेदनहरु बाँकी रहेको प्रहरीले जनाएको छ ।
कोभिडको उच्च जोखिम भएका क्षेत्रहरुबाट आएका १ हजार ७०५ जना व्यक्तिहरुलाई स्थानीय निकायहरुको समन्वयमा सम्बन्धित गन्तव्य सम्म सुरक्षित पुग्ने वातावरण निर्माण गरेको (डिएसपी) पाण्डेले बताए । निषेधाज्ञा कार्यान्वयनमा सकृयता, उल्लंघनकर्ताहरु लाई १ लाख भन्दा बढी जरिवाना गरको पाण्डेले बताए ।जिल्ला प्रहरी कार्यालय गुल्मीले आफ्नै भवन नभएका प्रहरी ईकाईको भवन निर्माणको लागि पहल गर्ने भएको छ । त्यस्तै सिसिटिभी थप जडानलाई थप प्रभावकारी बनाउने, आफ्नै जग्गा नभएका प्रहरी ईकाईको लागि जग्गा उपलब्ध गराउनको लागि पहल भएको छ ।
मादक पदार्थ सेवन न्यूनिकरणको सहकार्य मूलक कार्याक्रमहरु बिद्यालय तथा क्याम्पस सम्पर्क कार्यक्रमलाई नियमित गराउँदै लैजाने भएको छ । यस्तै लागूऔषध जिरुद्ध जनचेतना मुलक कार्यक्रमहरु गर्ने जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend