साझा नेटवर्क
गुल्मी, २३ भदौं ।
नेकपा एमाले छोडेर एकीकृत समाजवादी पार्टी रोजेकी नेतृ रामकुमारी झाँक्रीको जन्मथलो रहेको जिल्ला गुल्मीमा एमाले छोडेर जाने जनप्रतिनिधि शून्य रहेको छ।गत भदौ १ गते एमाले विभाजन भएपछि स्थानीय तहका जनप्रतिनिधिलाई एकीकृत समाजवादी पार्टी रोज्न निर्वाचन कार्यालयले भदौ २२ गतेसम्मको समय दिएको थियो।
एमाले विभाजनपूर्व दुबै समूहका प्रभावशाली नेताहरू प्रदीप ज्ञवाली र गोकर्ण विष्टको गृह जिल्ला रहेको गुल्मीमा दुबै नेताहरू एमालेमै रहेपछि एकीकृत समाजवादीमा जाने जनप्रतिनिधिहरूको संख्या शून्य भएको हो।
गुल्मी जिल्ला भित्र रहेका एमाले कार्यकर्ता हरूले माधवकुमार नेपाल ले नयाँ पार्टीदर्ता गरेर पार्टी फुटाएको मा खेद व्यक्त गरेका छन् । पार्टी भित्र आन्तरिक समस्या लाई समाधान को बाटो तिर लग्न को साटो पार्टी लागेको र समस्या समाधान त्यता तिर नगई राजनीतिक प्रतीसोत को आधारमा पार्टी फुटाएको भन्दै माधव नेपाल समुहलाई आरोप लगाएका छन्।
पार्टी भित्र को विवाद हुन्छ कुन्ठा हरू हुन्छन् त्यसलाई समाधान तिर लग्न छोडेर पार्टी फुटाउन लाग्नु माधव नेपाल समुहलाई कमजोरी हो। घर भित्र कलह हुन्छ विवाद हुन्छ आरोप प्रत्यारोप हुन्छ विवाद भो भन्दैमा घर छोडेर हिड्नु दुष्टता हो, केपी ओली गलत प्रवृत्ति विरुद्ध पार्टी भित्र मिलेर सङ्घर्ष गर्न सकिन्थ्यो अहिले नै विभाजित हुनु पर्ने आवश्यकता थिएन भन्ने कुरा जिल्लाका का एमाले कार्यकर्ता हरूले बताएका, अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य कासिराम पाण्डे ले जानकारी दिएका छन्।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend