साझा नेटवर्क
साझा नेटवर्क, कतार।
कतार नेपाली एकता समाजले एक प्रेस बक्तव्य जारी गर्दै एमसिसी विरुद्ध नेपालमा चल्लिरहेको अमेरिकी सुरक्षा नीतिअन्तर्गत रहेको हिन्दप्रसान्त रणनीति र त्यसको मातहतमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)पास गर्ने तयारी भैरहेको अवस्थामा कतार नेपाली एकता समाजको गम्भिर ध्यानाकर्षण भएको उक्त बक्तव्यमा उल्लेख गरिएको छ ।
त्यसलाई पारित गर्न देशीविदेशी शक्ति पुनः सक्रिय हुन थालेको छन। यसभन्दा पहिलेका सरकारहरूले पनि एमसिसी पारित गर्नका लागि मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसिए–नेपाल) गठन गर्नुका साथै त्यसलाई प्रत्येक आर्थिक वर्षमा बजेट प्रदान गर्दै आएका थिए। अहिले एमसिसीलाई पारित गराउन त्यसका उपाध्यक्ष नै नेपाल आउन थालेको सञ्चार माध्यमहरूले दिएका छन् । त्यसका पछाडिको उद्देश्य नेपालको संसदबाट यथासम्भव छिटो एमसिसी पारित गराउने वातावरण तयार पार्नु नै हो भन्ने प्रष्ट नै छ।
अमेरिकी साम्राज्यवादको सुरक्षा नीतिअन्तर्गत रहेकाले एमसिसी नेपालको स्वतन्त्र परराष्ट्र नीति अर्थात पञ्चशील र असंलग्नताको विरुद्ध छ । एमसिसी मुख्यतः दक्षिण एसियामा चीनको विरुद्धमा मोर्चाबन्दी कायम गर्ने उद्देश्यका साथ अमेरिकाले भारत समेतलाई सहयोगी बनाउँदै ल्याइएको देखिन्छ। त्यसैले एमसिसी नेपालको राष्ट्रियता र सार्वभौमिकताको विरुद्ध भएको स्पष्ट छ । यही सारतत्त्वका साथ देशभक्त शक्तिहरूले एमसिसीको देशव्यापी रुपमा विरोध पनि गरिरहेका छन ।
राष्ट्रिय जनमोर्चाले सुरुदेखि नै एमसिसीको अङ्ग्रपङ्क्तिमा रहेर विरोध गर्दै आइरहेका छ । एमसिसी पारित गर्ने प्रयासस्वरूप देखा परेको सरकारको पछिल्लो गतिविधिको विरोधमा राजनीतिक तथा देशभक्त शक्तिहरूले एमसिसीको देशव्यापी रुपमा देशव्यापी विरोध कार्यक्रमको आयोजना गरेको छन । सोही अनुरुप कतार नेपाली एकता समाजले पनि उक्त विरोध कार्यक्रमहरुलाई समर्थन तथा एक्यबद्धता प्रकट गर्दछ ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend