साझा नेटवर्क
अनिल खत्री, गुल्मी भदौ २२।
गुल्मीमा नेपाल टेलिकमको ब्याट्री चोरी गर्ने अभियुक्त पक्राउ परेका छन् । ब्याट्री चोरी गर्ने अभियुक्त बुटवल उपमहानगर पालिका वडा नं.११ प्रगतीनगर स्थित भाडामा बस्ने बर्ष ३१ को सचेन्द्र कुमार गौतम भन्ने सत्येन्द्र कुमार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) गोपालचन्द्र भट्टराइले बताए ।
प्रहरीले चोरी गरि लगेको भन्ने बुझिन साथ बुटवल उपमहानगरपालिका वडा नं.११ प्रगतीनगर स्थित भाडामा बस्ने निजको कोठमा गई उक्त व्याट्रीहरु बरामत गरेको थियो । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–६ धुर्कोटकोटमा रहेको पुरानो टावरबाट ४८ वटा चोरी भएको भन्ने नेपाल टेलिकम दुरसंचार कार्यालय तम्घास गुल्मीको चं.नं.२९ मिति २०७८।०५।१० गतेको पत्र प्राप्त हुन साथ उक्त चोरी गर्ने व्यक्तीको पहिचान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चोरी गर्ने अभियुक्त पहिचान तथा खोजतलास गर्दै जादा उक्त व्याट्रीहरु भारत महाबिर २७३ घुन्घचेला नविनपनाह, मालरोड,आदमपुर भगवानपुर,लखनऊ उत्तरप्रदेश भएता पनि हाल जिल्ला रुपन्देही बुटवल उपमहानगर पालिका वडा नं.११ प्रगतीनगर बस्दै आएको प्रहरीलाई बयान दिएका थिए ।
अभियुक्तलाई गुल्मी जिल्ला अदालतलबाट म्याद थप गरी घटनाको बारेमा थप अनुसन्धान भईरहेको (एसपी) भट्टराईले बताए ।अभियुक्तले चोरी गरी लगेका ब्याट्रीहरु भारतमा महङ्गो मुल्य पर्ने भएकाले बिक्री गर्न लैजादै गरेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend