logo
  • शुक्रबार, साउन ८ २०८३

१५ बर्षीय बालक ३ दिनदेखि सम्पर्क बिहिन


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

टोपलाल अर्याल, गुल्मी भदौ २१।
गुल्मीको इस्मा दोहलीका १५ बर्षीय बालक ३ दिनदेखि सम्पर्क बिहिन भएका छन् । इस्मा गाउँपालिका ४ दोहलीका मन बहादुर घर्तिका छोरा बिष्णु घर्ति गत १९ गतेदेखि परिवारको सम्पर्कमा छैनन् । घरबाट साथीहरुसंग खेल्न निस्किएको र साँझ ४ बजेसम्म घर नजिकै छिमेकीले देखेको बुवा मन बहादुर घर्तिले बताए ।
उनले गाउँलेहरुले सवै आफन्त र संभावित ठाउँहरुमा छोरालाई खोजे पनि फेला नपरेको बताए। सोमबार परिवारले इस्मा प्रहरीचौकीमा बालक हराएको बारेमा जानकारी गराएका छन्। बिष्णुले सुन्तलादेवि निमावि नयाँपोखराको कक्षा ६ मा अध्ययन गर्दै आएका थिए। गहुँ गोरो वर्ण भएका बालकले सेतो सर्ट, जिन्स पाइन्ट र रातो तने चप्पल निवासी लगाएको परिवारले जनाएको छ।

तीन दिनदेखि छोरा सम्पर्कमा नभएपछि घर्ति परिवारमा चिन्ता छाएको छ। इस्मा प्रहरीचौकी इन्चार्च प्रहरी नायव निरिक्षक मोहनलाल अधिकारीले परिवारले भर्खरै उजुरी दिएको बताए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend