logo
  • शुक्रबार, साउन ८ २०८३

फुटमै रम्ने कम्युनिष्टकाे नटुङ्गिने यात्रा


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

देवसिँह सेन ठकुरी ।
२००६ सालमा स्थापना भएकाे नेपाल कम्युनिष्ट पार्टीको यात्रा जुट्ने भन्दा फुट्नेमै रम्न थाल्याे । स्थापनापछि २०१0 सालमा पहिलाे अधिवेशन मनमाेहनकाे नेतृत्वमा भयाे । २०१४ सालमा केशर रायमाझीकाे नेतृत्वमा अर्काे अधिवेशन गरि नेकपा अघि बढ्याे ।

राजा मानेर अगाडि बढ्नुपर्ने सिद्धान्त केशर रायमाझीले अंगालेपछि भने २०१७ सालमा नेकपामा विवाद भयाे र फुटकाे श्रृङखला सुरू भयाे । २०२३ सालमा पुग्दा कम्युनिष्ट लगभग अवसान हुन पुग्याे ।पुष्पलालफे २०२४ सालमा तेस्रो महाविधेशन गरेर पार्टीमा अमृत जल छरे । महाधिवेशन भएकाे एक बर्ष पुग्दा नपुग्दै कम्युनिष्ट २०२५सालमा फेरि ,फुट्याे ।

२०२८ सालमा झापा जिल्ला कमिटि र केन्द्रीय पुपिल्सविच धुर्वीकरण भयाे । कैयौं पटक फुटकाे पीडा भाेगेकाे नेकपाकाे अनेकौं थरिका नाम बदलिए । वामदेव र मनमाेहनले मुक्तिमोर्चा बनाए भने झापा विद्रोहबाट सिपि मैनाली लगायतले अखिल नेपाल काेडिनेशन केन्द्र बनाए । २०३६ सालकाे जनमतसंग्रह माेहनविक्रमले अस्वीकार गरेपछि फेरि पार्टीका विभाजनकाे रेखा काेरियाे ।

२०४० सालमा निर्मल लामाले पार्टी फुटाएर नेकपा चाैमा बनाए भने माेहनविक्रमले नेकपा मसाल बनाए । २०४० सालमा महामन्त्री बनेका माेहनविक्रमलाई पार्टीबाट हटाइपछि मसाल दुई चिरा भयाे । २०४५ सालमै सिपि र मनमाेहनकाे पार्टीको एकता भई नेकपा माक्सवादी बन्याे साना कम्युनिष्ट मिलेर २०४६ मा वाममोर्चा बन्याे ।

महासचिव बनेका मदन भण्डारीकाे दासढुङ्गामा निधनपछि माधव कुमार नेपाल महासचिव बने ।२०५४सालमा महाकाली सन्धिकाे विषयमा विवाद हुँदा नेकपा एमाले फुटाएर वामदेवले नेकपा माले बनाए । नारायणकाजीकाे एकताकेन्द्र र माेहनविक्रमकाे मसाल २०६१सालमा एकता भएपनि त्याे धेरै दिन टिक्न सकेन् । २०६३सालमा त्याे फेरि फुट्याे ।

२०६५ सालमा नारायकाजी र माओवादीबिच एकता भयाे । माओवादी ठूलाे पार्टी बनेकाे थियाे तर २०६८सालमा किरणकाे नेतृत्वमा माओवादी फुट्याे । फेरि त्यसबाट विप्लव पनि फुटे । २०७५सालमा नेपाली जनतामा वृहत् नेकपाकाे नाममा एमाले र माओवादीकाे एकता तीन बर्ष टिक्न सकेन् ।

२०७७ साल फागुन २३ र २०७८ साल भदौ ९ पनि कम्युनिष्टका गतिला दिन भएनन् । मिल्दा कमरेड र फुटदा गद्दारसम्म भन्न भ्याउने कम्युनिष्ट व्यक्तिगत महत्वकाक्ष,शक्ति सङ्घर्ष सत्तास्वार्थ पदलाेलुप्पता फुटका मुख्य कारण बनेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend