logo
  • शुक्रबार, असोज ९ २०८३

बारामा नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी)को बैठक सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

रञ्‍जित चौरसिया, बारा भदौ १९ ।
नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) पार्टीको केन्द्रीय सदस्य क. दिनेश राईको प्रमुख आतिथ्यतामा क.बिक्रम ठाकुरको अध्यक्षतामा नेकपा (एकिकृत समाजवादी) बारा जिल्लाको बैठक कम्यूनिष्ट नेता, अगुवा कार्यकर्ता तथा शुभचिन्तकहरुको उपस्थिती बसेको छ ।बारा जिल्लामा प्रतिनिधी सभा विघटन तथा प्रतिगमनको विरोधमा रहेका र १० बुँदेको भुलभुलैयामा रह्नु भएको कमरेडहरुलाई सँगै रहेर कम्यूनिष्ट आन्दोलनलाई सुद्धिकरण अभियानमा जुट्न यो बैठक आह्वान गरेको गर्दछ । बैठकमा जिल्ला सचिवालय, जिल्ला कमिटी सदस्य, जनवर्गीय संगठन तथा बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो ।

नेकपा (एकिकृत समाजवादी) का केन्द्रीय सदस्य क. दिनेश राईको मन्तव्य दिदैं सबै उपमहानगर, नगर तथा गाउँपालिका कमिटीमा पार्टी संगठनहरुमा व्यापक छलफल गरी २७ गतेको जिल्ला अगुवा भेलालाई सपल बनाउन आह्वान गर्नु भयो । व्यक्तिवाद तथा व्यक्तिहरुको पछि नलाग्न तथा पार्टी, संगठन, बित्री, पद्दतीका आधारमा चल्ने सँस्कृतीको विकासमा लाग्न आग्रह गर्नु भयो ।

केपि ओलीको व्यक्तिवादी प्रवृत्तीले पार्टी यस अवस्थामा पुगेको स्मरण गर्दै जिल्लाका कोही कसैले हाम्रो आन्दोलनलाई पछि पार्न नसक्ने प्रतिवद्धतासमेत व्यक्त गर्नु भयो । साथै लोकतन्त्रक तथा समाजवादी आन्दोलनलाई सुटृढ गर्दै सुखी नेपाली र समृद्ध नेपाल सपना साकार पार्ने अभियानमा जुट्न आह्वान गर्नुभयो ।

जिल्ला बैठकमा नेकपा (एकिकृत समाजवादी) बिक्रम राम, बतहु यादव, डा. द्वारिका उप्रेती, वीरेन्द्र प्रसाद शाह, सकल राम, श्री प्रसाद पासवान, अरुण यादव, वैद्यनाथ साह, हारिओम साह, राम यादव, कौशलकिशो सिंह, राजेश पटेल, कमला अधिकारी, मालती कुशवाहा, ध्रुव यादव, श्रीनिवास महतो, उस्मान अंसारी, अमलदेव यादव, वीरेन्द्र यादव, विजेन्द्र चौधरी, आ.के. भट्टराई, विन्दा यादव, शम्भु गिरीलगायतले बोल्नु भएको थियो ।

बक्ताहरुले कम्युनिष्ट आन्दोलनलाई केपी ओली र ओली प्रवृत्तीको साथै जिल्लामा रहेको यस प्रवृत्तीका पक्षपोषकहरुबाट पार्टीलाई जोगाउन आह्वान गर्नु भएको थियो ।

बैठकले बारा जिल्लामा नेकपा एकिकृत समाजवादीलाई सुदृढ, संगठित तथा जनआधारित पार्टी निर्माणको साथै भाद्र २७ गतेको कार्यक्रमलाई सपल बनाउन मञ्च व्यवस्थापन, स्वयंसेवक तथा जनपरिचालन उपसमिति जनसंगठनहरुले गर्ने, आर्थिक उपसमिति, प्रचारप्रसार उपसमिति क. रमेश सुवेदीले संयोजन गर्ने, प्रत्येक स्थानीय तहबाट न्यूनत्तम ५० जना अगुवा कार्यकर्ता उपस्थिती गराउने ।

स्थानीय तहहरुले आआफ्नो वडा, गाउँ, नगर, उपमहानगरका भेला, बैठक गरी भाद्र २७ गतेको कलैया कार्यक्रमलाई भव्य र सभ्य बनाउन निर्णय गरिएको छ । साथै कलैयामा भाद्र २७ गते पार्टी अध्यक्ष क. माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा पूर्ण जिल्ला कमिटी गठन, विस्तार र शपथ ग्रहण कार्यक्रमलाई प्रभावकारी बनाउन निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend