logo
  • शुक्रबार, असोज ९ २०८३

तिज पर्वको बढ्दो विक्रती अनिल साह संचारकर्मी


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

रंजित चौरासिय,पर्सा भदौ १९।
हिन्दुहरुको ठुलो चार्ड पर्व मध्ये हरितालिका तिज पर्व पनि एक हो । भाद्र शुक्ल तृतियका दिन मनाईने यो पर्व महिलाहरुका लागी महान पर्वको रुपमा मनाईने गरीन्छ।
आफनो श्रीमानको लामो आयू तथा परिवारको सुख समृद्धीको लागी महिलाहरु वर्त वस्ने चलनरहेको अर्को धार्मिक मान्यता रहेको पाईन्छ।हरितालिका तिज हुनत यसको सुरुवात भएको कसैलाई यकिन्न थाह छैन तर पौराणिकाल देखी चलिआएको यो पर्वको अघिलोरात अर्थात द्धितीयाका दिन नुहाईधुवाई दर खाने र त्योदिन सुतन नहुने भएकाले महिलाहरु एकठाउँमा जम्मा भई नाज गान गरी रमाईलो गर्ने चलन रहेको छ।

अर्कोदिन अर्थात शुक्ल तृतियका दिन तेस्रो दिन पारण अर्थात स्नान गरी पारण गरी खाना खाने चलन रहेको छ र यो वर्ष महिलाहरु माईती घर साथी संगीनीहरु संग मनाउन पाउदा झन हस्रउलासका साथ मनाउने गर्छन। तर केहि वर्ष यता बढदो अधुनिकी करण संगै यो पर्वले विकृती फैलिदै गएको छ । परिवारीक सुख समृद्धीको प्रतिकमानिने यो पर्वमा वर्त वस्नु भन्दा देखावटी पहिरणको वर्तकोरुपमा देखीन थालेको छ । हुदाखानेले हुनेखानेको देखासिकी गर्दै ऋिण गरेर भए पनि नयाँ कपडा, गरगहना, लगाएर तिजको वर्तमनाउने लहरनै चलेको छ ।

देखासिकी गर्दै पर्व मनाउनु भन्दा पनि कसरी छल्ने तर्फ बढी चिन्तीत भएको देखीन्छन । परापुर्वकाल देखी चलन चल्दैआएको यो पर्वको महत्व हराउदै गएको छ । हुनत हरेक पर्व अधुनीकरण संगै परिर्वन हुदैगएको छ तर हरितालिका पर्वलाई फेसनको संगया दिन थालिएको छ । वर्तको दर खाने बहानामा पर्वको एक महिना अगावै विभिन्न होटेल, पार्टी प्यालेसहरुमाहरुमा विभिन्न पार्टी ,संस्थाहरुको आयोजनामा मासु दारुको भोज हुने र वर्तालुमहिला लगायअन्य महिलाहरु नयाँ कपडा, गर गहना सहीतको देखावटी पोशाकमा नाचगान गर्ने गरेको पाइन्छ ।

पुरुष प्रधान देशमानिने हाम्रो देश नेपालमा महिलामाथी हुदैगरेको हिंसा प्रति महिला अधिकार कर्मिहरुले गरेको संर्घले नेपालको संविधानले महिला अधिकारको सम्बन्धमा धेरै एन कानुन बनाईसकेको अवस्था छ । समाजमा हुदै गरेको महिला हिंसालाई मध्ये नजर गर्दै अझै ऐन संसोधन तथा कार्वन्य गर्न बाकिनै रहेको सजिलै बुझन सकिन्छ । तर संस्कृती विज्ञयहरुले बताएको अनुसार पर्वका महत्व र संस्कृती हराउनुको मुख्यदोष नेपालको संविधनालाईलनै दिने गरेका छन ।

किन भने संविधानले दिएको अधिकारको दु्रपयोग भई धर्म संस्कृतीमा असर पर्दै गएको प्रस्टदेखीएको छ । र समयमै यसको विल्प नखोजे नेपाल धर्म संस्कृतीमा धनिमानीने देश धर्म संस्कृती विहिन्न हुनेमा धेरै समय लागने छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend