logo
  • शुक्रबार, असोज ९ २०८३

लोकप्रिय गायक विश्वराम कार्कीको “तिमि त अचेल” सार्बजनिक(भिडियो सहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सुजन बर्देवा, काठमाडौं भदौ १९।
लोकप्रिय गायक विश्वराम कार्कीको सुमधुर आवाजमा रहेको आधुनिक गित “तिमि त अचेल” ’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
विभिन्न चर्चित गीतहरु सांगीतिक बजारमा पस्किसकेका गायक विश्वराम कार्की सुमधुर स्वरका धनि छन्। विभिन्न स्टेज कार्यक्रम इभेन्टहरुमा समेत आफ्नो जादुमय आवाजले दर्शक श्रोतालाई मनोरंजन दिन सफल गायक विश्वराम कार्कीको “तिमि त अचेल” अहिलेचर्चाको शिखर टेक्दै गरेको छ। विश्वराम कार्कीको शब्द रचना तथा संगीत रहेको यस गीतमा प्रमोद निर्वाणको एरेन्ज रहेको छ।

छायांकार हृतिक सिंह ठकुरीको छायांकन तथा निर्देशक अमृत सुनुवारको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा मोडल तथा गायक विश्वराम कार्की, लोकप्रिय मोडल निशा खालिङ र जिवन कार्कीको अभिनय रहेको छ ।
भिडियोलाइ माधव बेलबासेले सम्पादन गरेका हुन् ।

                                                                              भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend