logo
  • आइतबार, असोज ११ २०८३

कालीगण्डकी करिडोर अवरुद्ध हुँदा यात्रुलाई सास्ती


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

सज्जन ढकाल, गुल्मी भदौ १९।
गुल्मीको कालीगण्डकी गाउपालिकाको वडा नं २ अर्बेनिको गर्गरे भिरमा पहिरो खसेपछि कालीगण्डकी करिडोर अबरुद्ध  भएको छ । करिडोर अबरुद्ध भएपछी त्यसक्षेत्रमा यात्रा गर्ने यात्रुहरुले सास्ती खेप्नु परेको छ ।
गएराती देखि परेको अविरल वर्षाको कारणले पहाड खसेर पहिरो गएपछी करिडोर सडकखण्ड बन्द भएको हो । करिडोर संचालन गर्नको लागि अहिले डोजर द्वारा सोर्ने काम चलिरहेको बाटो खुलाउने प्रयास भएको बताइएको छ।

आकाशबाट निरन्तर पानी संगै पहिरो खसिरहेकाले सडक सञ्चालनमा ल्याउन गाह्रो भएको स्थानिले श्रोतले बताएको छ । बाटो अवरुद्द हुँदा बिहान देखि यात्रुहरुले सास्ती पाएका छन् माथिबाट ठुलाठुला ढुंगाहरु झरेर सडक अबरुद्व हुने गरेकोले  यात्रुहरु अलपत्र परेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend