साझा नेटवर्क
जोगिन्द्र मल्ल, प्युठान भदौ १९।
गौमुखी गाउँपालिकाको आयोजनामा आ ब २०७७/०७८ को स्वास्थ्य संस्थाहरुको सम्पादित दुई दिने बार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ।
गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गिरीले स्वास्थ्य क्षेत्र मानवको जिबन संग परिपुरक सम्बन्ध रहेको बताउदै।स्वास्थ्य संस्थाका स्वास्थ्य कर्मीहरु कोरोनाको महामारीमा खतिएर आफ्नो जिम्मेवारी वहन गरेकोमा धन्यवाद दिदै स्वास्थ्य संस्थाको बिकास पर्ती आफू लागि पर्ने बताउनु भयो।
समिक्षा गोष्ठीको उद्देश्य प्रकाश पार्दै स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद जैसीले स्वास्थ्य संस्था ब्यबस्थापन तथा संचालन ,कार्यसम्पादन,भएका गतिविधि, सुचक कार्यनयन संतोषजनक रहेको,आइपर्ने चुनौती समस्या र समाधान कोरोनाको महामारीको संक्रमणको विषयमा छलफल गरिएको जैसीले बताउनु भयो।भने उत्कृष्ट स्वास्थ्य संस्था तथा कार्यमा लगनशील भएर खतिने कर्मचारीहरु सम्मानित भएका थिए।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend