logo
  • आइतबार, असोज ११ २०८३

हाइस दुर्घटना १ जनाको मृत्यु ७ जना घाइते


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क, बुटवल भदौ १९।
अर्घाखाँची जिल्ला शितगंगा नगरपालिका ३ बरबोटमा हाइस दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ। काठमाडौबाट अर्घाखाँची आउदै गरेको बा ३ ख ८६३९ नम्बरको हाइस शितगंगा ३ को आर्मी ब्यारेक मुनी रहेको पहिरोबाट बिहान करिव ५ बजे सडकबाट करिव ४०० मिटर तल खसेको हो।
मृत्य हुनेमा भुनपा ९ का करिव २७ बर्षका संजय बिक रहेका छन्। दुर्घटनामा परी २ जना गम्भिर घाइते भएका छन। काठमाडौ बाट ६ जना र बुटवलबाट २ जना गरि ८ जना यात्रु र चालक र सहचालक गरि १० जना सवार रहेकोमा ५ जना घाइते भएका छन ।

घटनामा घाइते हुनेमा सनपा ११ का समिक्षा शाह, सनपा २ कि सिता मुखिया, मालारानी ५ का गङ्गा बहादुर पन्थी , भुनपा १ का श्याम बहादुर नेपाली सप्तरी जिल्लाका रोहित कुमार शाह, भुनपा १ का लोक बहादुर नेपाली र भुनपा ८ का केशव खत्री रहेका छन्। दुर्घटनामा हाइस चालक सुदन रायमाझी र सहचालक धारापानीका टेकराज बन्जाडे अवस्था सामान्य रहेको जनाइएको छ।

गम्भिर घाइते २ जना सहित अन्य घाइतेलाई प्राथमिक उपचार केन्द्र ठाडामा उपचार दुई जना लोक बहादुर नेपाली र गोबिन्द बस्याल दुईजनाको बुटवल रिफर भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन। घटनाको थप बिवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend