logo
  • शुक्रबार, साउन ८ २०८३

प्रहरी सहायक निरीक्षक गुरूङ्गको असुलीका कारण स्थानीय ग्रसित, सम्बन्धित निकाय मौन


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

रञ्‍जित चौरसिया, पर्सा भदौ १६ ।
बिरगंज महानगर भित्र इनर्वा गाउका प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक के.बि. गुरूङ्गले अबैध धन्दा बापत रकम असुल गरिरहेपनी समबन्धित निकाय मौन रहेका छन । सीमाबाट हुने अबैध क्रियाकलाप तस्करी बापत रकम असुल गरिरहेको प्रमानित भएपनी समबन्धित निकाय कारवाही गर्नुको सट्टा मौन रहेका हुन ।
सीमाबाट हुने अबैध गोरख धन्दालाइ ढाक छोप गर्न र गराउन दिनको निम्ति मासिक लाखौ रूपैया नजराना बुझी तस्करी गराइरहेको बारे प्रमानित हुदा हुँदै माथिल्लो निकायको मौनताले प्रश्न चिन्ह खडा गरेको छ ।

गत आइतवार प्रहरी सहायक निरीक्षक के.बि गुरूङ्गले केही रकमको लोभमा परि तस्करीको लाइन दिएकै क्रममा सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट खटिएको टोलिले करीब ३ लाख बराबरको कपडा बरामद गरेपनी स्थानीय प्रहरी चौकी इनर्वाका प्रमुख माथी कारवाही नहुदा प्रश्न चिन्ह खडा भएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पान्डेले आफ्नो कार्य क्षेत्र भित्र पर्ने कुनै नाकाबाट तस्करी हुन नदिन र गराउन खोज्ने प्रहरीलाई कानूनी कारवाही गर्ने बताएपनी प्रहरी सहायक निरीक्षक गुरूङ्ग माथी कारवाही नगरिदा प्रश्न चिन्ह खडा भएको छ ।

एनि हाउ पैसा कमाउ भन्ने उदेश्यले प्रहरी चौकी इनर्वामा गएका प्रहरी सहायक निरीक्षक गुरूङ्ग हालको समयमा ३ वटा ठुला वडा तस्करलाइ लाइन दिएको प्रमानित हुदा हुँदै जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख पान्डे कारवाही गर्न सकेका छैन्न ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पान्डेले पर्सा जिल्लाको सबै नाका पूर्ण रूपले ठप्प पारेपनी इनर्वा गाउँ हुँदै आइरहेको तस्कर संगठनलाई न रोक्न सकेका छन न त प्रहरी सहायक निरीक्षक गुरूङ्गलाइ कारवाही नै गर्न सकेका छन । यता स्थानीय युवाहरूका अनुसार प्रहरीले रकम नलिनुजेल तस्करीको लाइन चलाउन असम्भव रहेको बताए ।

प्रहरीले रकम बुझे पश्चात् तस्करी गर्ने तस्कर संगठन सकृय भएको बताए । जसका कारण रातिको समयमा सडक छेउमा रहेका घरहरू भित्र सुत्न समेत गारो भएको गुनासो गरे ।

आफ्नो पेशालाइ बदनाम गर्दै प्रहरी सहायक निरीक्षक के.बि. गुरूङ्गले गरिरहेको कार्यले गर्दा मिडियामा आउन बाध्य भएको बताए । यस बिषयमा प्रहरी उपरीक्षक पान्डेको यसतर्फ ध्यान जान अति अवाश्यक रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend