logo
  • शुक्रबार, साउन ८ २०८३

१३ वर्षकी युवती एक्कासी बेहोस भएपछि उपचारमा आर्थिक समस्या


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

अनिल खत्री, गुल्मी भदौ १६ ।
गुल्मीमा एक बालिकाको उपचार खर्च जुटाउन नसक्दा परिवारको बिचल्ली भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–२ झिरनेटा निवासी १३ वर्षकी रिमा नेपालीको उपचार खर्च जुटाउन नसक्दा परिवारमा बिचल्ली भएको हो ।
रिमा मंलवार एक्कासी बेहोस भएर उपचारको लागि पाल्पा लगिएको छ । पाल्पामा आइसियूमा राखेर उपचार गर्नुपर्ने भएपछि धेरै रकम जुटाउन नसक्दा परिवारलाई समस्या परेको छ ।

उपचारको लागि दैनिक १० हजार भन्दा बढि लाग्ने भएपछि उपचार गर्न समस्या परेको बिरामी रिमाको बुवा सन्तबहादुर नेपालीले बताए ।

गाउँमा ज्याला मजदुरी गर्दै परिवार खर्च चलाउदै आएका नेपालीले आफनी छोरी बचाउनको लागि सक्दो सहयोग गरिदिनुहुन आग्रह गरेका छन् । बेहोस भएकी रिमाको पाल्पा प्रवास मेडिकल बलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend