साझा नेटवर्क
किरण अधिकारी, गुल्मी भदौ १६ ।
उमेरले मात्र ११ वर्ष पुगेकी बिन्दिया कुवंर भर्खर कक्षा ८ मा अध्ययनरत छन् उमेरले सानै भएपनी उनको प्रतिभा भने बिलक्षण छ । सुरीलो स्वरकी धनी दोहोरी गाउँन माहिर उनी लोकदोहोरी क्षेत्रकै बहुचर्चित कार्यक्रम ईन्द्रेणी, सारङ्गी संसार लगायत दर्जनौ चर्चित रोधी घरमा राष्ट्रिय स्तरमै ख्याति कमाएका थुप्रै कलाकारहरूसंग दोहोरी गाएर सबैको मन जित्न सफल भएकी छन् ।
इस्मा गाउँपालिका वडा नं १ ढाडा जुकेपानी जन्मिएकी उनी गाउँमै सिकिन गाउन र नाच्न पनि ग्रामीण क्षेत्रमा हुर्केर पनि नाच गान संगै अध्ययनको क्षेत्रमा पनि उत्तिकै अब्बल रहेको उनले पढ्ने बिधालय श्री राम राज्य उच्चमाविका शिक्षक चेतनारायण कुवंरले जानकारी दिएका थिए । उनको त्यो प्रतिभा भगवाले नै जन्मजात कै रूपमा उपहार दिएको भन्ने भनाई स्थानीयहरूको रहेको छ ।
हसिलो स्भावकी बिन्दिया नाच्न पनि उत्तिकै अब्बल रहेको र स्थानीय स्तरका बिधालयमा हुने बिभिन्न सास्कृतिक कार्यक्रमहरुमा भाग लिएर गाउन संगै नाचेर पनि धेरैजसो प्रथम भै बिभिन्न बिधालयबाट सम्मानित भएर दर्जोनौ पुरस्कार प्राप्त गरेको उनकी आमा माया कुवंरले जानकारी दिईन ।
सानै उमेर मै गाएर नाचेर सबैलाई मन्त्रमुग्ध बनाउन सफल उनको सोभाव र उनले पाएको त्यो संस्कार र उनको त्यो प्रतिभा देखेर जो कोही पनि उनलाई माया सदभाव र हौसला प्रदान गरिरहेकै हुन्छन् । उनको त्यो प्रतिभालाई अझै धेरै निखार्न हौसला दिन पुरस्कृत गर्न सकिएको खण्डमा हाम्रो इस्मा गाउँपालिकालाई देशमै चिनाउन सक्ने क्षमता उनमा छ।
एक होनहार बालिका जसलाई अगाडि बढाउन परिवार संगै समग्र इस्मा वासी आमाबाबु दाजुभाई दिदीबहिनी लगायत यहाँको स्थानीय सरकारको दायित्व हो । बिन्दिया जस्तै प्रतिभाशाली बाल बालिकाहरू हाम्रो समाजमा कतै ओझेलमा त परेका छैनन् जो भोलि गाएर राष्ट्रको गहना बन्न सक्नेछन। त्यसको लागी प्रत्येक टोल टोलमा गएर खोजिगर्नु पर्ने हुन्छ लुकेर रहेको प्रतिभालाई उजागर गर्नु पर्ने हुन्छ।
ताकी हरेक प्रतिभाशाली बालबालिकाहरूले पनि अवसर पाउन सकुन । भनिन्छ नि हसिलो अनुहार भित्रपनि दुख दर्द अनी बेदनाका काहानीहरू पनि धेरै हुन्छन् त्यो सत्य नै हो । गत वर्ष ईस्मा गाउँपालिकाको ढाडा जुकेपानी र मल्दिमा पहिरो गएर सयौं घरपरिवार विस्थापित हुन पुगेका थिए, त्यस मध्य बिन्दिया कुवंरको पनि घर परेको थियो । त्यही पहिरोको कारण अहिले उनको परिवार वाड नं ३ नयापोखरामा भाडाको घरमा बस्दै आएको छ ।
पहिरोले घर सम्पत्ति पनि लगेको र बस्न नमिल्ने बनाएको र बाँकी रहेकोमा बसोबास गर्न नमिल्ने अझ वर्खाको समय झनै पहिरोको जोखिम भएको हुँदा वर्षै देखि बसोबास गर्दै आएको घर जग्गा जमीन बाध्यताले छोडेको बताए । भएको त्यही पुर्खेउली सम्पत्ति थियो त्यही पनि पहिरोमा पर्यो अब काहाँ जाने ? जे जस्तो भएपनि जिन्दगी त जिउनै पर्ने छोराको भविष्यका लागि भएपनि केही त गर्नुपर्छ भनेर त्यही भाडाको घरमा सानो नास्ता पसल सञ्चालन गर्दै आएको र गाउको पसल त्यति राम्रो संग चल्दैन प्रतिस्पर्धा धेरै छ ।
अझ यो कोरोना समयमा त छोरा छोरी को खर्च जुटाउँन पनि नीकै गार्हो रहेको उनले बताइन् ।जे जस्तो भएपनि जस्ता बाधा व्यबधान आईपरेपनी जति सङ्घर्ष गर्नपरेपनी भोलि छोरीलाई राष्ट्रिय स्तरमै चिनाउन सक्ने राम्रो कलाकार बनाउने सपना छ । त्यो अठोट आफुले लिएको बिन्दिया की आमाले भनिन् ।
बिन्दियाको परिवार मा ३ जना सदस्य छन् उनको दाजु र उनको आमा उनको संसार भनेपनि उनलाई पहिलो प्रेरणा र हौसला दिने भनेकै आमा र दादा हुन, उनलाई हुर्काउँदै बढाउदै हरेक कुरामा साथ दिँदै सिकाउदै र आमा बाबु दुबैको माया ममता उनको आमाले नै दिएको र उनको बाबु अलग बसेको पनि दशकौं भैसक्यो बाबुको कुनै पनि सहयोग माया ममता अहिलेसम्म नपाएको बिन्दियाले बताईन ।
उनले भनिन् मेरो जिवनको लक्ष्य र उद्देश्य चाहाना भनेकै मेरी आमालाई खुशी बनाउने र हाम्रो लागि यती दुख गर्नु भएको छ । भोलि मेरी आमालाई सुखी बनाउने खुशी दिने र राम्रो कलाकार बनेर आफ्नो लक्ष्य र चाहना पुरा गर्न बिन्दियाले बताईन । जस्ले केही संभावना बोकेको छ जोसँग एउटा राष्ट्रलाई चिनाउन सक्ने खुबी र प्रतीभाहरू छन तिनिहरुलाई राज्यले पनि सहयोग गर्नुपर्ने हुन्छ ।
बिदिन्या जस्ता कलिला प्रतिभाशाली बालबालिकाहरूको भविष्य सुनिश्चित सरकारले गराउनु पर्ने हो । तर त्यो आजसम्म हुन सकिराखेको छैन । केही संघ संस्थाहरूले केही बालबालिकाहरूलाई संरक्षण गरेता पनि धेरै जसो प्रतिभाशाली नानि बाबुहरू गरिबीको कारणले हराउदै गएको अवस्था छ । देशमा गरिबी छ राजनीतिक अस्थिरता छ त्यसको असर प्रत्यक्ष कलिला नानी बाबुहरूमा पनि परेको छ ।
त्यसैले बिन्दीया जस्ता प्रतीभासाली बालबालिकाको पहिचान गरी अभिभावक र बिधालयको संयुक्त सहयोग र स्थानीय सरकारको सहकार्यबाट त्यस्ता नानि बाबुहरूको स्तर अभिवृद्धि गर्दै अगाडि बढाउनु जरुरी छ ।
ताकी भोलि उमेर स-संगै उनिहरुमा भएको प्रतिभा पनि हराउँदै नजाओस् जो भविष्यका कर्णदार हुन जस्ले अहिले हामीहरूले जुन सपना देखेका छौं भोलि तिनिहरुले पक्कै पुरा गर्न छन । बालबालिका क्षमतालाई बेलैमा पहिचान गरी उचित मार्गदर्शन गर्नु तपाईं हामी अभिभावकको महत्वपूर्ण दायित्व हो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend